विश्वासको मत नदिए मध्यावधि निर्वाचनकाे सामनाका लागि तयार हुन विपक्षीलाई कोशीका मुख्यमन्त्रीको चेतावनी
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १६:५१:५१
१४ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत नदिए मध्यावधि निर्वाचनमा जाने चेतावनी दिएका छन् ।
बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने र मध्यावधिमा जाने बताए । उनले आफूले विश्वासको मत नपाए नयाँ सरकार बन्न नदिने चेतावनी दिए । एमालेबाहेकका दलको नेतृत्वमा सरकार बन्न नदिने आशयसाथ उनले विपक्षी दलहरुसँग मध्यावधिमा जान तयार रहे नरहेबारे प्रश्न गरे ।
‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ उनको प्रश्न थियो । आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत नदिने कारण नै नभएको जिकिर समेत गरे । उनले बैठकमा अध्यादेश पेस गरेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा गएको पुषमा मुख्य बनेका कार्की तीन वटै दलले गएको जेठमा फरकफरक मितिमा समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । त्यसबिचमा उनले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र वार्षिक बजेट अध्यादेशबाट ल्याइसकेका छन् ।
सोही अध्यादेशलाई उनले पारितका लागि आज बैठकमा पेस गरेका हुन् । ९३ सदस्य रहेको प्रदेशसभाका सरकार बनाउन कम्तीमा ४७ मत आवश्यक पर्छ । कार्कीसँग हाल ४६ मत छन् । विपक्षमा रहेका दलहरुसँग सभामुखसहित ४७ मत छन् । तर एक मत रहेका विपक्षी जसपाले भने आजै मात्र कुनै पक्षमा भोट नहाली तटस्थ बस्ने निर्णय गरेको छ । योसँगै नयाँ सरकार गठनका लागि तम्सिएका कांग्रेस र माओवादी केन्द्रसँग एकीकृत समाजवादीसहित सभामुखको मत गन्दा ४६ मात्र पुग्ने अवस्था छ ।
विपक्षी दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले भने कार्कीलाई विश्वासको मत नदिने निर्णइ गरिसकेका छन् ।
यस्तो अवस्था आजको बैठकमा बनेको खण्डमा संविधानअनुसार प्रदेशसभाको पहिलो ठूलो दलको हैसियतले एमालेले नै सरकारको बनाउने मोका प्राप्त गर्नेछ । यसनिम्ति प्रदेश प्रमुखबाट आह्वान हुनुपर्ने हुन्छ । यसरी बन्ने सरकार मुख्यमन्त्रीले नियुक्ति भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने बाध्यता रहन्छ । त्योबेला पनि विश्वासको मत लिन नसके प्रदेशसभा सदस्यमध्ये कुनैले विश्वास मत लिन सकिने आधारसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका लागि निवेदन दिने बाटो खुल्छ ।
उनले पनि तोकिएको समयभित्र विश्वासको मत प्राप्त गर्न नसके प्रदेशसभा मध्यावधि निर्वाचनमा जानुको विकल्प रहँदैन । तर कार्कीको आजको अभिव्यक्तिले आज उनले विश्वासको मत पाउन नसके ठूलो दल एमालेकै नेतृत्वमा सरकार बन्ने र त्यही सरकारले मध्यावधिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नसक्ने संकेत गरेको छ ।
यद्यपि, उनी आज विश्वासको मत लिन असफल भएमा उनी स्वतः पदमुक्त हुनेछन् र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट समयसमीमासहित आह्वान हुनेछन् । तर बहुमतीय वा ठूलो दलको हैसियतमा सरकार गठनका लागि आह्वान हुन्छ त्यो हेर्न केही घण्टा कुर्नैपर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार