राजीनामा दिन मुख्यमन्त्री कार्कीलाई कांग्रेस नेता थापाको आग्रह
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १७:५६:५७
१४ असार, काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट राजीनामा आर्गह गरेका छन् । प्रदेशसभाको बिहीबार जारी बैठकमा मुख्यमन्त्री कार्कीले राखेका विश्वासको मत लिने प्रस्तावमाथि नेता थापाले दलको तर्फबाट धारणा राख्दै राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिन आग्रह गरेका हुन् ।
थापाले विश्वासको मत संभावना नरहेको भन्दै कार्कीलाई राजीनामा सुझाव दिए । बैठकमा माओवादी केन्द्रका संसदीय दलका नेता आइन्द्र आङबोले विश्वासको मत नदिने बताएका छन् । यस्तै एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले पनि कार्कीलाई आफ्नो दलले मत नदिने स्पष्ट पारेका छन् । एक मत रहेको जसपाले भने प्रस्तावको पक्ष वा विपक्ष कतैपनि मत नहाली तटस्थ बस्ने निर्णय गरेको छ ।
एमालेका कार्की नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार गर्ने योजनासाथ कांग्रेस र माओवादी केन्द्र लागिरहेका छन् । प्रदेशमा सरकार गठन गर्न ४७ मत आवश्यक पर्छ । तर, जसपा तटस्थ बस्ने निर्णयसँगै कार्की पक्ष र विपक्षी गठबन्धन ४६/४६ मत बराबरको धरातलमा पुग्ने अवस्था छ । यस्तो अवस्थामा नयाँ सरकार गठनका लागि प्रदेशसभाको पहिलो ठूलो दलका हैसियत एमालेले नै सरकार गठनको मौका पाउने संभावना रहेको अड्कलबाजी भइरहेको छ । यसरी सरकार गठन भएमा त्यस सरकारका मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिन प्रदेशसभामै पुग्नेपर्ने व्यवस्था छ ।
तर आजको बैठकमा विश्वासको मत प्रसताव गर्दैगर्दा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत नदिए मध्यावधि निर्वाचनको सामना गर्न तयार रहन विपक्षी गठबन्धन दललाई चुनौति दिएका छन् । प्रदेशमा जम्मा ९३ सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार