प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरेका सरकारका ७७ उपलब्धि के के हुन् ?
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १८:१०:८
१४ असार, काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा सरकार गठन भएको आइतबार ९असार १० गते० ६ महिना पूरा भएको छ। नेतृत्व सम्हालेको ६ महिनामा प्रधानमन्त्री प्रचण्डले गरेका काम ७७ बुँदामा सार्वजनिक गरिएको छ ।
७९ पुस ११ गते नियुक्ति भएका प्रधानमन्त्री प्रचण्ड सरकारले असार १० गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेका हुन् । उक्त ६ महिनाको अवधिमा गरेका काममा अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भष्टाचार नियन्त्रणलगायतलाई समेटिएको छ ।
पुस १० मा सरकार बनेयताको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले थप २.४१ प्रतिशत जनतामा विद्युतको पहुँच विस्तार गरेको बताएका छन्।
कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ६० निकाय आबद्ध भएको र हालसम्म २८ निकायमा उक्त प्रणाली सञ्चालनमा आएको उनको भनाइ छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको उपलब्धीमा बताएका प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको बताएका छन्।
यस्तै भ्रष्टाचार न्यूनीकरणमा सरकारले नयाँ मानक स्थापित गरेको प्रधानमन्त्रीको दाबी छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याइएको छ,’ उपलब्धीको चर्चा गर्दै भनिएको छ, ‘मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनमा संशोधन गरिएको। यस सम्बन्धमा जाँचबुझ आयोग, गठन गरी हालसम्म दर्ता भएका २३ हजार १ सय १८ उजुरीउपर कारवाही भइरहेको छ।
पूर्णपाठ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार