मुख्यमन्त्री कार्कीले विश्वासकाे मत पाएनन्, एमाले कोशी प्रदेशबाट पनि आउट
नेपालबहस संवाददाता
असार १५, २०८० शुक्रबार १३:५२:२७
१५ असार, काठमाडौं । एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । तत्कालीन सत्ता समीकरणमा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले अल्पमतमा परेपछि प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्तावमाथि शुक्रबार भएको मतदानमा विश्वास मत पाउन असफल भएपछि उनी नेतृत्वको सरकार ढलेको हो ।
८९ सदस्य सहभागी भएका आजको बैठकमा कार्कीको प्रस्तावको पक्षमा ४६ मत मात्र परेको छ । विपक्षमा ४३ मत परेको छ । प्रदेशसभामा कूल सदस्य संख्या ९३ (सभामुखसहित) छन् । एक सदस्य रहेकाे जसपा प्रस्तावमा तटस्थ बसेकाे छ ।
गएका पुष २४ मा माओवादी केन्द्र र जसपाको समर्थन मुख्यमन्त्री बनेका कार्की ६ महिना नपुग्दै पदच्युत भएका छन् । उनकाे पद जाेगिन ४७ मत आवश्यक पर्छ । पदच्युत भएसँगै नयाँ सरकार गठको ढोका खुलेको छ ।
एमाले केन्द्र सरकार र प्रदेशहरू गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशबाट यसअघि नै आउट भइसकेको छ ।
गत ४ मंसिरमा भएको संघ र प्रदेश निर्वाचनपछि बनेको पहिलो समिकरणमा संघ र प्रदेशमा सरकारमा पुगेको एमाले अब पूर्णरुपले दुवै तहमा प्रतिपक्षमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार