मुलुकी संहिता केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित
आर्थिक विधेयकमा कर प्रणालीकाे विराेध
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १४:५४:१६
१७ असार, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा मुलुकी संहिता केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित भएकाे छ । राष्ट्रियसभामा उत्पत्ति भई सन्देश छलफलका लागि आइतबार प्रतिनिधिसभामा छलफल गराइएको थियो ।
छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ कानून, न्याय तथा संसदी मामिला मन्त्री धनराज गुरुङले जवाफ दिएपछि उपसभामुख इन्दिरा रानामगरले निर्णायर्थ प्रस्तुत गरेकी थिइन् । प्रस्तुत विधेयक सर्वसम्मतिबाट पारित भएको हो । विपक्षमा कुनै सांसद देखिएनन् ।
सरकारले चर्काे ब्याजमा ऋण लगानी गर्ने र ब्याजलाई साँवा बनाउने र लिएकाे ऋणकाे लिखतमा अन्त्यमा २/३ शून्य थप गरेर हजारलाई लाख, लाखलाइ कराेड साँवा बनाएर ऋणीकाे घरबास उठीबास गराउनेमाथि कारवाही गर्न गत बैशाख २० मा सरकारले ल्याएकाे अध्यादेश संसदमा ल्याइएकाे हाे ।
बैठकमा अहिले आर्थिक विधेयकमाथि छलफल सुरु भएको । सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना राखेका छन् । उनले धारणा राख्ने क्रममा एनसेललाई छुट दिने तत्कालीन सर्वोच्च अदालका न्यायाधीशहरुमाथि महाभियोग लगाउनुपर्ने बताए । साथै अर्थमन्त्रीले पौने खर्ब रुपैयाँ बजेट राखेर तजबिजीमा खर्च गर्ने पाउने नीति खारेज गर्नुपर्ने बताए ।
साथै अर्बपतिलाई पोस्ने कर छुट नीति खारेज हुनुपर्ने बताए । कर नीति गरिब वर्गलाई सहुलियत दिने किसिमका नभएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
यु–१६ युथ लिग: संकटाले आर्मीलाई हरायो
माघ ३, २०८१ बिहिबार
सवारी दुर्घटनाको कारणः चालकको लापरबाही, तीव्रगति र मापसे
माघ ३, २०८१ बिहिबार