विपन्न वर्गलाई १० प्रतिशत निःशुल्क बेड उपलब्ध नगराउने अस्पताल तत्काल बन्द गरिन्छः मन्त्री बस्नेत
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १८:१३:४०
१८ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई नियम अनुसार निःशुल्क बेड उपलब्द नगराउने अस्पताल बन्द गर्ने चेतावनी दिएका छन् ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गका लागि १० प्रतिशत शय्या निःशुल्क नदिने अस्पताल नवीकरण नगर्ने र सेवा नै बन्द गर्ने निचोडमा सरकार पुगेको बताए ।
उनले स्वीकृति लिँदा सरकार र अस्पतालको बीचमा १० प्रतिशत शय्या र उपचार निःशुल्क उपलब्ध गराउने सहमति भएको र त्यसअनुसार गरिब, निमुखा, असहाय र विपन्नलाई अस्पतालले शय्या निःशुल्क उपलब्ध गराउनुपर्ने उनले बताए । मन्त्री बस्नेतले भने, ‘यदि कुनै अस्पतालले कार्यान्वयन नगरेको भए जो–कोहीले सुझाव दिन सक्नुहुनेछ । जुन अस्पतालले कार्यान्वयन गर्दैन त्यस्तालाई चल्न नदिने भन्दा पनि बन्दै नै गराउने काम हुन्छ ।
मन्त्री बस्नेतले २२ जिल्लाका विपन्न नागरिकले परिचयपत्र देखाएर र अन्य जिल्लाकाले वडा कार्यालयको सिफारिसका आधारमा अस्पतालबाट निःशुल्क शय्याको सुविधा लिन सक्ने बताए । त्यस्तै, सरकारी अस्पतालमध्ये संघीय सरकार मातहत रहेका अस्पतालका जनरल शय्या निःशुल्क गर्दै लगिएको पनि उनले बताए ।
उनका अनुसार वीर अस्पतालमा ७ सय, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा ४५०, कोशी अस्पतालमा ३३०, कान्ति बाल अस्पतालमा २४८, ट्रमा सेन्टरमा १५०, शहीद गंगागाल राष्ट्रिय हदृयरोग रोग केन्द्रमा ९०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० शय्या निःशुल्क छ ।
संघीय सरकार मातहत रहेका अन्य अस्पताल र प्रदेश तथा स्थानीय सरकार मातहतका अस्तापलमा पनि शय्या निःशुल्क गर्ने विषयमा छलफल भइरहेको मन्त्री बस्नेतले बताए । केही अस्पतालमा आर्थिक भार पर्न सक्ने भए अन्य सेवा–सुविधा बढाएर त्यही अस्पतालले व्यहोर्नु पर्ने उनकबो भनाइ छ । नपुगेको अवस्थामा स्वास्थ्य मन्त्रालयले पनि हेर्छ, मन्त्री बस्नेतले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार