अर्घाखाँचीमा भारी वर्षापछि पहिरो, घर पुरिँदा ३ बालबालिकाको मृत्यु
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार ११:४४:२१
१९ असार, काठमाडौं । भारी वर्षपछि गएको पहिरोमा पुरिएर अर्घाखाँचीमा ३ बलबालिकाकाे ज्यान गएको छ । पाणिनी गाउँपालिका-१ काे गोवनपानीमा मंगलबार बिहान पहिरोले घर पुरिँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । आज बिहान ६ बजे घरमाथिको ढिस्को भत्किएर गंगा रास्कोटीको घर पुरिएको हो ।
मृत्यु हुनेमा गंगाकी ११ वर्षकी अञ्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन् । १४ वर्षका सचिन्द्र रास्कोटी भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।
सुतिरहेका समयमा घर पुरिएका कारण घटनास्थलमै बालबालिकाको ज्यान गएको हो । घाइते रचिन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मृतक बालबालिकाको शव पोखराथोकस्थित स्वास्थ्य केन्द्रमा राखिएकोर पोस्टमार्टमपछि परिवारलाई बुझाइने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी
जेठ १२, २०८१ शनिबार
डाँडामा लुकेको होमस्टे : चुलिबोझा मगर होमस्टे
जेठ १२, २०८१ शनिबार
फिल्म 'सानो संसार' को शुभमुहूर्त, दशैमा प्रदर्शन हुने
जेठ १२, २०८१ शनिबार
ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा, विभिन्न स्थानमा अझै पनि अवरोध कायमै
जेठ १२, २०८१ शनिबार