अरूले नै बोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिँदैछ : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
असार २०, २०८० बुधबार १५:३६:३६
२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा अरुले नै बोलेको भनेर आफूले सुनाएको कुरालाई बंग्याएर विपक्षी दलहरुले संसदमा बबण्डर मच्चाउन खोजिएको बताएका छन् ।
असार १८ गतेको कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा सरदार प्रितम सिंहले पटक–पटक दिल्ली गएको कुरा गरेको र नेपालका प्रभावशाली व्यक्तिसँग भेटघाट गरेको सन्दर्भलाई राखेको विषयलाई एमालेले पूर्वाग्रह राखेर विरोध गरेको बताए ।
उनले बुधबार काठमाडौंकाे कीर्तिपुरमा क्रान्तिकारी स्ववियू काउन्सिलको तेस्रो भेलाकाे उदघाटन सत्रमा बाेल्दै आफूले बोल्दै नबोलेको कुरालाई विषय बनाएर एमालेले पूर्वाग्रह देखाएको बताए । साथै उनले मिटरब्याजीलाइ कारवाही गर्ने कानून पारित हुन नदिन विराेधका विषय बनाइएकाे बताए ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बाउन सरकार सिंह पटकपटक भारतको नयाँ दिल्ली गएको भनी अभिव्यक्ति दिएको भन्दै एमालेले संसदमा आएर जवाफ दिनुपर्ने माग राखेको छ । आजै बसेको एमालेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले अभिव्यक्तिबारे सदनमा उपस्थित भएर प्रष्टिकरण दिन माग गरेको छ ।
सोही माग राख्दै एमालेले आज २ः३० मा सुरु भएको राष्ट्रियसभाको बैठक अवद्ध पारेको छ । अहिले बैठक स्थगन भएको अवस्था छ । प्रतिनिधिसभाको बैठक पनि जवाफ नआएसम्म चल्न नदिने एमालेले योजना बनाएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने भनिएपनि सुरु हुन सकेको छैन ।
नेपालमा पहिलोपटक ट्रक ल्याएका सरदार प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’को विमोचन सोमबार प्रधानमन्त्री प्रचण्डले गरेका थिए । विमोचनपछि उनले उक्त अभिव्यक्ति दिएका थिए ।
यो पनि पढ्नुहोस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मंसिर १८, २०८१ मंगलबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार