दोहोरो नागरिकता लिएकी नगर उपप्रमुख मीराकुमारी पक्राउ
पति महेन्द्र भारत छिरे, खोजी कार्य जारी भइरहेको प्रहरीको दाबी
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार ११:३१:३२
२१ असार, काठमाडौं । दोहोरो नागरिकता लिएर राज्यलाई झुक्यानमा पार्दै आएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीराकुमारी यादव पक्राउ परेकी छन् ।
यादवलाई भारत र नेपालको दोहोरो नागरिकता बोकेको आरोपमा पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । पत्नी बुधबार पक्राउ पर्नुअघि देखिनै पति महेन्द्रकुमार यादव भने फरार भएका छन् । उनी दुवै जना भारतको विहार राज्यअन्तर्गत सुपौल जिल्लाको निर्मली थानास्थित मझारी ग्रामका बासिन्दा रहेको खुलेको छ ।
भारतका नागरिक उनीहरुले नक्कली कागजात पेस गरेर सप्तरीमा नेपाली वंशजका आधारमा नागरिकता लिएका पाइएपछि डाक्नेश्वरीका कृष्णकुमार यादवले प्रहरीमा उजुरी दिएका थिए । सुरुमा उजुरी लिन नमानेपछि उच्च अदालत राजविराजको आदेशपछि प्रहरीले उजुरी लिइ जिल्ला अदालतबाट पक्राउ पूर्जी लिई पक्राउ गरेको हो ।
पक्राउ परेकी मीराकुमारीलाई नागरिकता कसुरमा अनुन्धान हुने प्रहरीले जनाएको छ । उजुरीमा महेन्द्रकुमारलाई पनि प्रतिवादी बनाई खोजी गरिरहेको प्रहरीले जनाएको छ । उनी भारत छिरेको बताइएको छ । भारतीय नागरिक यादव दम्पत्तिले डाक्नेश्वरी नपा-६ (साविकको औरही गाविस-३) ठेगाना देखाएर नेपाली नागरिकता लिएको पाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको स्रोतको दाबी छ ।
मीराकुमारी २०७९ वैशाख १० मा सम्पन्न स्थानीय चुनावमा कांग्रेसका उम्मेदवारलाई हराएर एमालेबाट नगर उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार