कांग्रेस नेतृत्वको कार्यशैली र व्यवहारप्रति जिल्ला सभापतिहरु असन्तुष्ट, रूपान्तरणको स्पष्ट खाका ल्याउन माग
नेपालबहस संवाददाता
असार २१, २०८० बिहिबार १७:४३:३१
२१ असार, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी नेतृत्वको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि देखाएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा आजबाट सुरु भएको नयाँ सदस्यता वितरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएका ७७ वटै जिल्लाका सभापतिहरूले नेतृत्वको कार्यशैलीको आलोचना गरेका छन् ।
खास गरी पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाको व्यवहार र कार्यशैलीलाई लिएर सभापतिहरूले असन्तुष्टि पोखेका छन् । सभापतिहरूले महामन्त्रीद्वयले रुपान्तरणको कुरा पटक पटक उठाएको तर, रुपान्तरण पार्टीको, गुटको वा व्यक्तिको भन्ने कुरामा आफूहरू अल्मलिएको बताएका छन् ।
कांग्रेस महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाप्रति लक्षित गर्दै सभापतिहरूले पार्टीको रुपान्तरणबारे स्पष्ट खाका ल्याउन नसक्नु कमजोरी भएको बताएका छन् । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छलफलमा जिल्ला सभापतिहरूले पार्टीको रुपान्तरण प्रक्रियाको खाका स्पष्ट पार्न नेतृत्वलाई आग्रह गरे ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका संखुवासभा जिल्ला सभापति दीपक खड्काले पार्टीको रुपान्तरणबारे स्पष्ट पार्न माग गरे । भेलामा उनले भने, अहिले रुपान्तरणको कुरा उठिरहेको छ, गुटको रुपान्तरण हो कि पार्टीकै ? यसमा कस–कसलाई समेट्ने हो । उनले कांग्रेस सरकारमा भए पनि नागरिकले अनुभूति गर्न नसकेको समेत बताए । पार्टी सरकारमा भए पनि समन्वय हुन नसकेको उनको भनाइ छ ।
त्यस्तै युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले अर्थमन्त्री प्रकाश शरण महतले आफ्नै क्षेत्रमा बजेट केन्द्रित गरेको गुनासो गरे । मन्त्री लिम्बूले आफैंले पनि मन्त्रालयमा पर्याप्त बजेट नपाएको समेत बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पनि सरकार र पार्टीबीच समन्वय हुन नसकेको बताए ।
सभापतिहरूले पार्टीका गतिविधिहरू शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । सभापतिहरूले पार्टीलाई पुनः जागरण गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनले सरकारमा मन्त्री रहेका सभापतिहरूले आफूले सरकारमा भोगिरहेको अप्ठ्याराहरूको बारेमा कुरा राखेका र सरकारमा नभएका जिल्ला सभापतिहरूले भने सरकारसँग आफूहरूको कुनै समन्वय नभएको गुनासो राखेका बताए ।
भेलामा मन्त्री नै रहेका पार्टी सभापतिहरूले मन्त्रीलाई परेका अप्ठ्याराका बारेमा धारण राखेका थिए भने मन्त्री नरहेका पार्टी सभापतिहरूले सरकारसँगको समन्वय नभएको गुनासो राखेका थिए । सँगसँगै पार्टी सभापतिहरूले पार्टीका कार्यक्रमहरूमा केही शिथिलताहरू हुन थालेको बताए । आसन्न केन्द्रीय समितिको बैठकले त्यस विषयमा पनि दरिलो ढंगबाट छलफल गरोस् भन्ने उनीहरुको भनाइ थियो । गहिरो ढंगबाट यसलाई छलफल गरोस्, विश्लेषण गरोस् र पार्टीलाई पुनर्ताजगी गर्नका लागि विशेष कार्यक्रम ल्याओस् भन्ने पार्टी सभापतिहरूले धारणा राखेका थिए ।
जिल्ला सभापतिहरूको बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय एजेन्डा रहेको छ । त्यस्तै, पार्टीले विधानबमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायतका अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार