फ्लाई दुवई उडाउने पाईलट र उड्न दिनेलाई अन्तर्राष्ट्रिय कारबाही हुन्छ– ई. कंडेल
इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार १९:२०:३
काठमाडौं । नागरिक उड्ययनसम्बन्धी खोज तथा अनुसन्धान गरिरहेका पब्लिक इनोभेटर ईन्जिनियर दीपेन्द्र कंडेलले राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर म्यान’ (नोटाम) जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले गत मंगलबार राति फ्लाई दुवईको बोइङ–७३७ विमानलाई उड्ने अनुमति दिनु र उडाउन खोज्नु नागरिक उड्ययनसम्बन्धी कानूनको उल्लंघन भएकोले दुवै पक्षलाई अन्तर्राष्ट्रियस्तरको कारबाही हुने बताएका छन् ।
यदि कोही पनि अन्तर्राष्ट्रिय उड्ययन क्षेत्रमा काम गर्दा आफ्नो इमानदारी र सिकागो सम्मेलनले पारित गरेको अमेरिकाको कानुनविपरित राजनीतिक रुपमा अभिव्यक्ति दिन्छ भने उसलाई पनि कारबाही गरिने कंडेलले खुल्ला चेतावनी दिएका छन् । नेपाल एयरलाईन्सलाई उड्न नदिने तर अरुलाई दिने घटनालाई राजनीतिक रुपमा नभएर प्राविधिक रुपमा लिनुपर्ने पनि कंडेलको जोड छ ।
कंडेलले बिहीवार नयाँ दिल्लीस्थित पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, “एक साताअघि यस्तै अवस्थामा नेपाल वायुसेवाको विमानलाई भने उड्न दिइएको थिएन र त्यो घटनामा एटीसीले जानेर हो या नजानेर हो जुन निर्णय लिएको थियो, त्यो निर्णयलाई मैले सम्मान गरेको थिए । तर, अहिलेको यो घट्नामा पाईलट र एटीसी दुवैले कानूनबिपरित र सुरक्षालाई प्राथमिकता दिनुपर्ने अन्तराष्ट्रिय मान्यताबिपरित काम गरेको हुँदा अविलम्ब कारवाही हुन्छ ।
पछिल्लो दुई हप्तामा भएका दुई घट्नालाई राजनीतिक रुपबाट नबुझी प्राविधिक तरिकबाट हेर्नु नै आफ्नो जिम्मेवारी भएको उनको तर्क छ । उनले भनेका छन्, “यसमा गलत गर्ने पाईलट र कर्मचारी दुवै कारबाहीको भागेदार हुनुपर्ने हुन्छ ।”
उनले थप भनेका छन्, “नेपालमा यदि एउटा नागरिकले कसरी काम गर्छ भन्ने भ्रम छ भने म पब्लिक इनोभेटर हो र म लगायत सबैले अन्तर्राष्ट्रिय उड्ययन क्षेत्रमा काम गर्नेले मान्ने कानून भनेको सिकागो सम्मेलन अमेरिकाले पारित गरेको संविधान हो, कुनै देशको अर्थात नेपालको संविधान होइन । तसर्थ, नेपाल सरकारले यो घट्नालाई जसरी लिएपनि अन्तर्राष्ट्रिय नागरिक उड्ययन क्षेत्रको कानूनअनुसार सम्बन्धित पाईलट र एटीसि कर्मचारीलाई कारवाही हुने कुरा प्रष्ट पार्न चाहन्छु ।”
नेपालको एक नागरिकको हैसियतले आफूले नेपालको संविधान मान्ने तर नागरिक उड्ययनसम्बन्धी ईनोभेटर भएकोले सिकागो कन्भेन्सनले पारित गरेको संविधान मान्ने पनि उनले स्पष्ट पारेका छन् । त्यस्तै, नेपालको नागरिक उड्ययन मन्त्रालयले समेत यही कन्भेन्सन शिरोधार्य गर्नुपर्ने उनको तर्क छ । कँडेलले संस्कृति, नागरिक उड्ययन तथा पर्यटन मन्त्रालयबाट अलग्याएर नागरिक उड्ययन मन्त्रालय छुट्टै गठन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
यदि कोही पनि अन्तर्राष्ट्रिय उड्ययन क्षेत्रमा काम गर्दा आफ्नो इमानदारी र सिकागो सम्मेलनले पारित गरेको अमेरिकाको कानुनविपरित राजनीतिक रुपमा अभिव्यक्ति दिन्छ भने उसलाई पनि कारबाही गरिने कंडेलले खुल्ला चेतावनी दिएका छन् । नेपाल एयरलाईन्सलाई उड्न नदिने तर अरुलाई दिने घटनालाई राजनीतिक रुपमा नभएर प्राविधिक रुपमा लिनुपर्ने पनि कंडेलको जोड छ ।
नेपालको समग्र उड्ययन क्षेत्र सुधार गर्नुपर्छ भनेर नै आफू लागि परिरहेको उनको तर्क छ । उनले पछिल्लो समय नेपालमा भएका वाइडबडी खरिद प्रकरण, हवाई दुर्घट्ना अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पहल, नेपाल एयरलाईन्सलाई रोक्नु, फ्लाई दुवईले कानुनविपरित उडान गर्नुजस्ता घटनाले नेपालको उड्ययन क्षेत्र सुधारको क्रममा देखिएको कमिकमजोरी भएको औल्याइका छन् । उनले भनेका छन्, “नेपालका एटिसी कर्मचारीको काममा प्रश्न चिन्ह उठ्छ तर त्यो भन्दैमा सबैलाई नराम्रो भन्न मिल्दैन । र, जसले गलत काम गर्छ, उनीहरुलाई कारवाही हुन्छ र राम्रो काम गर्नेलाई सम्मान हुन्छ ।”
विभिन्न घटनाको बावजुद राति १० बजेबाट विमानस्थल बन्द गर्ने र मर्मतको काम शुरु भन्नु नै अन्तर्राष्ट्रिय कानूनविपरित भएको उनको दावी छ । उनले यसरी प्रष्टाए, “कानूनअनुसार यदि १० बजेबाट काम शुरु गर्नुपर्छ भने बढिमा ९ः३० सम्म उडान सञ्चालन गर्नुपर्छ । १० बजेसम्म गर्ने निर्णय नै गलत हो । यदि जहाज उडिसकेपछि फर्किनुपर्ने अवस्था भयो भने ३० मिनेटसम्म नेपाल भित्रबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउन सक्नेगरि “कुशन टाईम“ भनेर राख्नुपर्ने थियो । त्यसकारण म यसै प्रेस वक्तव्यमार्फत अविलम्ब विमानस्थल बन्द गर्ने समय ९ः३० बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्छु । यदि त्यो भएन भने फेरि अन्तर्राष्ट्रिय कानुनको सामना गर्नुपर्ने हुनसक्छ । त्यसतर्फपनि म सम्बन्धित सबै सरोकारवाला निकायको यथेष्ट ध्यानाकर्षण गराउन चाहन्छु ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार