भ्रष्टाचार प्रकरणमा एमाले नेताहरु नचलाउने सर्तमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संसद खुलाउने सहमति
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार १५:२३:४९
२४ असार, काठमाडौं । आफूलाई भ्रष्टाचार विरोधी नेताको रुपमा उभ्याउँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरूलाई नचलाउने सर्तमा संसद चल्न दिने सहमति गरेका छन् । आज बिहान भएको छलफलमा अध्यक्ष ओलीसँग भ्रष्टाचारमा संलग्न एमाले नेतालाई नचलाउने सर्तमा संसद खोल्न दिने र प्रधानमन्त्रीको राजीनामाबाट पछि हट्ने सहमति भएको हो ।
एमालेले लगातार चार दिनदेखि संसद अवरोध गर्दै आएको एमालेले संसद नखोल्ने अडान लिएपछि आइतबार बिहान प्रधानमनत्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच संसद अवरोध हटाउने विषयमा छलफल भएको थियो । छलफलमा यस्तो सहमति भएको प्रधानमन्त्री प्रचण्ड निकट स्रोतको दावी छ ।
भ्रष्टाचार प्रकरणमा एमाले नेता नचलाउने विषयमा प्रधानमन्त्री पनि सहमति भएका छन् । उनले यसमा प्रतिबद्धता जनाएपछि प्रमुख प्रतिपक्षी दल एमाले विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्री संसदमा स्पष्ट पार्ने गरी जोडतोडका रुपमा उठाउँदै आएको राजीनामाको विषयबाट पछि हट्न सहमत भएको हो । यसपछि आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेका थिए । एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै पटक भारत गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । यसले संसदको अपमान गरेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
एमालेले संसद अवरुद्ध गर्दा मिटरब्याजीलाई अनुचित लेनदेनका रुपमा कानुनी परिभाषित गरी दण्डनीय हुने गरी मौजुदा कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ भने मिटरब्याज पीडितहरू फेरि संघर्षमा उत्रिएका छन् । आइतबार उनीहरूले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन ल्याउन माग गर्दै प्रदर्शनसमेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
निकोन एक्सपेरिएन्स हव, नेपालले बजारमा ल्यायो निकोनको नयाँ क्यामरा जेड ५० टू
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार