लक्ष्मी र सनराइज बैंकको २९ असारबाट एकीकृत कारोबार सुरु हुँदै
नेपालबहस संवाददाता
असार २६, २०८० मंगलबार ११:१५:४१
२५ असार, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर २९ असारबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले २४ असारमा अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
यसअघि दुवै बैंकले जेठ ८ गते एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए । दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ ।
१०० प्रतिशतको स्वापमा मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । यता २९ असारदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको २७ र २८ असारमा सबै सेवाहरु अवरुद्ध हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार