कडीपत्ता बेचेर जीविकोपार्जन
नेपालबहस संवाददाता
असार २७, २०८० बुधबार १३:२९:१८
२६ असार, बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढा ७३ वर्षको पुगे । उनी डेढ दशकअघि डडेल्धुराबाट बसाइँ सरेर खल्ला झरेका थिए । जङ्गलमा पाइने कडीपत्ता बिक्री गरेर उनले जीविकोपार्जन गर्दै आइरहेका छन्।
“छोराहरु स्वदेशमा काम नपाएर विदेश गएका छन्, घरमा म एक्लै छुँ”, उनले भने, “खल्लामा बस्न थालेपछि यहाँको वनमा पाइने कडीपत्ता बेचेर जीवन निर्वाह गरिरहेको छु ।” टुँडिखेलका लोकबहादुर थापाले पनि कडीपत्तालाई आम्दानीको स्रोत बनाएका छन् । बस्ती नजिकैको वनबाट कडीपत्ता सङ्कलन गरेर भारतमा बिक्री गर्ने उनले यसबाट मनग्य आम्दानी गर्छन ।
“कडीपत्ता सङ्कलन गरेर भारतमा बिक्री गर्छौं, यो काम गर्न थालेको धेरै भयो”, उनले भने, “उब्जाउ हुने जमिन छैन, खेतीपाती हुँदैन, कडीपत्ता बेचेरै रासनको जोहो गर्नुपर्छ ।” चुरे भेगमा पर्ने भीमदत्त–९ को खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत कडीपत्ता बनेको छ । कामका लागि विदेश वा अन्यत्र नगएका यहाँका स्थानीय कडीपत्ता बेचेरै गर्जो टार्ने गरेका छन् । उनीहरु सीमावर्ती भारतीय बजार टनकपुरमा कडीपत्ता बिक्री गर्छन् । कडीपत्ता बिक्री गरेर पाएको रकमले खाद्यान्न किनेर उनीहरु फर्किने गर्छन् ।
कडीपत्ता सुगन्धित मसलालगायत प्रयोजनका लागि प्रयोग गर्ने गरिन्छ । भारतीय बजारमा कडीपत्ताको माग धेरै रहेको लोकबहादुर बताउछन् । “सिँचाइको सुविधा छैन, आकाशको पानीको भरमा खेती गर्नुपर्छ”, उनले भने, “छ महिना खानलाई पनि अन्न पुग्दैन, कडीपत्ता बेचेर रासन किन्छौँ ।” कडीपत्ता बिक्री गरेर मासिक रु १५ हजारसम्म आम्दानी हुने गरेको स्थानीयवासी सुरेन्द्र कठायतले बताए । उनका अनुसार सुरुमा कडीपत्ता काटेर घाममा सुकाइन्छ र त्यसपछि पात छुट्याएर बिक्रीका लागि लैजाने गरिन्छ ।
“पैँतीस रुपैयाँ भारु प्रतिकिलोका दरले पत्ता बिक्री हुन्छ, सुकाएर पत्ता छुट्याएपछि बोरामा राखिन्छ”, उनले भने, “एक बोरामा ३५÷४० किलोसम्म अटाउँछ, काटेपछि पत्ता दुई पटकसम्म पलाउँछ ।” वनमा पाइने कडीपत्ताबाट आम्दानी हुन थालेपछि स्थानीयले खेतमा पनि रोप्न थालेका छन् ।
वनमा बेला–बेलामा हुने आगलागीले कडीपत्तालगायत जडीबुटी जलेर नोक्सान भइरहेको स्थानीय धौली पवित्रा बोहराले बताए । “हामीसँग धेरै जडीबुटी छन्, तर चिन्न सकेका छैनौँ”, उनले भने, “डढेलोले आम्दानीको स्रोत नोक्सान भइरहेको छ, समयमै स्रोतको पहिचान गरेर सदुपयोग गर्न सकिए राम्रो हुन्थ्यो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार