राप्रपा लुम्बिनी प्रदेशको सहसंयोजकमा प्रकाश रिमाल मनोनीत
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार ११:५५:११
२९ असार, काठमाडौं । राप्रपाको लुम्बिनी प्रदेशको सह संयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई मनोनीत गरिएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले ‘नवीन राप्रपा–२०८०’ को कार्य योजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रहि कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी तोकेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ । अध्यक्ष लिङदेनले मंगलबार गठन भएको महिला विभागका पदाधिकारी र सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गरेका छन् ।
प्रेस विज्ञप्ति
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रहि कार्यसम्पादन गर्न लुम्बिनी प्रदेशको सह संयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी तोक्नुभएको छ। अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसक्नु भएको छ।
यसैगरी अध्यक्ष लिङ्देनले मंगलबार गठन भएको महिला विभागका पदाधिकारी, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको छ। विभागको प्रमुखमा पार्टीका महामन्त्री कुन्ती कुमारी शाही, उप–प्रमुखमा पार्टीका कार्यसम्पादन समिति सदस्य रेखा थापा, सदस्य सचिवमा अधिवक्ता सवान्त थापा तथा सदस्यमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रिता कुँवर रहनुभएको छ।
मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख
२०८० असार २८
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार