चलचित्र हलहरूमा पाइरेसीविरुद्धको सामग्री देखाउन बोर्डले गर्यो पत्राचार
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १७:४८:४३
२९ असार, काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गरेको चलचित्र जन्य पाइरेसीविरुद्धको श्रव्य दृश्य सामग्री नेपालका सबै हलहरूमा देखाइने भएको छ। बिहीबार देशभरका चलचित्र हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघलाई पत्राचार काट्दै बोर्डले हरेक हलमा सामग्री प्रदर्शनको व्यवस्था गर्न निर्देश गरेको छ।
बोर्डले आर्थिक वर्ष २०७९।८० को बजेटबाट निर्माण गरेको उक्त श्रव्य दृश्य सामग्री इन्टरनेटमा समेत सार्वजनिक गरिएको छ। बोर्डको अफिसियल युट्युब च्यानलमा उक्त सामग्री राखिएको छ। यो सामग्रीमा प्रियंका कार्की, रुवि श्रेष्ठ, डिक्की गुरुङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् भने सुयोग गुरुङले निर्देशन गरेका छन् ।
यो सामग्रीमा चलचित्र र चलचित्र जन्य वस्तु जानेर वा अञ्जानवश पाइरेसी गर्दा हुने कारबाहीलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ। साथै, यसमा बोर्ड अध्यक्ष भुवन केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका प्रवक्ता लालबहादुर बस्नेत र नेपाल प्रहरीका डिआईजी कुबेर कडायतको पाइरेसी सम्बन्धी कानुनी प्रावधानहरु सहितको भनाई राखिएको छ।
बोर्ड अध्यक्ष केसीले यो सामग्रीले समस्त दर्शकवर्गमा पाइरेसी सम्बन्धी जनचेतना जगाउने विश्वास व्यक्त गरे । उनले बोर्डले वर्तमानमा डरलाग्दो स्थितिमा रहेको पाइरेसी समस्या समाधानको लागि जनचेतना जगाउने विभिन्न कार्यक्रमहरूसँगै साइबर सेक्युरिटी डेस्क स्थापनाको लागि पनि कार्य गरिरहेको बताए ।
साथै, केसीले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा प्रवर्द्धन गर्ने विभिन्न योजनाहरुमा समेत काम गरिरहेको बताउए । यो सामग्री चलचित्र हलहरुमा चलचित्र सुरु हुने समयमा प्रदर्शन गर्ने साथै, अन्य सार्वजनिक स्थलहरूमा समेत निरन्तर प्रदर्शन गर्ने तयारी रहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ को घोषणा
पुष १५, २०८१ सोमबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू
पुष ९, २०८१ मंगलबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
राखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार