बालुवाटार जग्गा प्रकरणका १७ जनालाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १६:२९:४५
३१ असार, काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपित सबैमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत समक्ष थप म्याद मागेको थियो ।
सचिव राउत, पूर्व सहसचिव एवं निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङसहित १७ जना अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।
असार १२ मा केही आरोपितलाई पक्राउ गरी प्रहरीले मुलुकी ऐन २०२० को किर्ते सम्बन्धी कसूर लगाएर अनुसन्धान अगाडि बढाएकोमा काठमाडौं जिल्ला अदालतले संगठित अपराध समेत जोडेर उनीहरूमाथि अनुसन्धानका लागि अनुमति दिएको थियो ।
त्यस यता दुवै कसूरमा आरोपितमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ । यस्तै ब्यूरोले यो प्रकरणमा ४ सयभन्दा बढीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउको अनुमति लिइसकेको छ । २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा गिरोहले हडपेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार