बहुमतको निर्णयबाट रिक्त पदमा न्यायाधीश नियुक्तिको कसरतमा प्रधानन्यायाधीश, विपक्षमा मन्त्री र श्रेष्ठ
केदार भट्टराई (काका)
साउन १, २०८० सोमबार १६:१९:५४
३१ असार, काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको विषयलाई लिएर न्यायपरिषदमै सहमति नजुटिरहेका बेला प्रधानन्यायाधीश हरिकृष्ण कार्की भने बहुमतका आधारमा न्यायाधीश नियुक्तिको कसरतमा लागेको छन् । उनले पत्रकारमाझ पनि आफ्नो कार्यकाल छोटो भएकाले चाँडै न्यायाधीश नियुक्तिको काम सक्न आफूले चाहेको बताएका छन् ।
कानुन मन्त्री धनराज गुरुङ र सर्वाेच्चकै वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बहुमतमा नभई सहमतिमा न्यायाधीश नियुक्त गर्नु पर्ने र अहिले न्यायाधीश नियुक्तिका मापदण्डमा आएको विवाद मिलाउनुपर्ने पक्षमा छन् । मन्त्री र वरिष्ठतम न्यायाधीश नै विपक्षमा रहेका बेला न्यायपरिषदका अन्य दुई सदस्यलाई मनाएर कार्कीले बहुमतबाट नियुक्ति गर्न छलफल पनि चलाएका छन् ।
उमेर हदका कारण यही साउन २० गतेदेखि अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश कार्की इजलासमा बस्न छोडेका छन् । सर्वोच्चमा प्रशासनिक नेतृत्व गरिरहेका कार्कीले मन्त्री बैठकमा नआउने तथा विभिन्न कारण लामो समय न्यायपरिषद्ले काम गर्न नपाउँदा सर्वोच्च र उच्चमा न्यायाधीशको अभाव भइरहेको बताएका छन् ।
उच्च अदालतमा ४३ न्यायाधीश र ६ मुख्य न्यायाधीश खाली भएको छ भने सर्वोच्चमा पाँच न्यायाधीश पद रिक्त छन् । प्रधानन्यायाधीश कार्की बिदा भइसक्दा सर्वोच्चमा सात जना न्यायाधीश रिक्त हुँदैछन् । यसले न्याय निरुपणमा नराम्रो प्रभाव पार्ने भन्दै प्रधानन्यायाधीश कार्कीले आफू बिदा हुनुअघि प्रक्रियामा रहेका न्यायाधीश नियुक्ति टुंग्याउने तयारीमा छन् ।
आइतबार केही पत्रकारहरूसँग प्रधानन्यायाधीश कार्कीले रिक्त प्रधानन्यायाधीश रहेको सबै पदपूर्ति हुने अवस्था नरहेपनि प्रक्रियामा रहेका विषयमा आवश्यक निर्णय गर्ने प्रयासमा आफू रहेको बताएका थिए । नेपालमा प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्यायपरिषद बैठकले न्यायाधीश नियुक्ति सिफारिस गर्ने गर्छ । तर प्रधानन्यायाधीश र कानुन मन्त्री बीचको मतभेदले बैठक बस्न नसकेको समाचारहरू सार्वजनिक भइरहेका छन् ।
प्रधानन्यायाधीश कार्कीको पदावधि अब २० दिन बाँकी छ । उनी उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश भएपछि सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको संख्या ७ पुग्नेछ । त्यस्तै उच्च अदालतहरूमा पनि ६० जना न्यायाधीशको पद रिक्त छन् । प्रधानन्यायाधीश कार्कीले आफूले अनुहार नहेरी वस्तुनिष्ठताका आधारमा न्यायाधीश नियुक्ति गर्ने प्रयास जारी राखेको बताएका छन् ।
न्यायाधीशको कमीका बाबजुद एक वर्षमा सर्वोच्च अदालतले १२ हजार मुद्दा फैसला गरेको कार्कीले बताए । पुराना मुद्दा फर्छ्याेटका लागि अभियान नै चलाएको भन्दै उनले त्यही अभियानका कारणले करिब ६६-६७ सालसम्मका मुद्दा टुंगिएको जानकारी दिए । न्याय निरुपण प्रभावकारी बनाउन न्यायाधीश सिफारिस र नियुक्ति ठीक समयभित्रै गर्नु अनिवार्य छ, जुन काम हुन नसक्दा त्यसको असर न्याय प्रणालीमा परिरहेको प्रधानन्यायाधीश कार्कीको भनाइ छ ।
पत्रकारसामू उनले आफू चाँडै नियुक्ति प्रक्रिया अघि बढाउने प्रयासमा रहेको र क्याडर जज कि वकालत अभ्यासबाट आएकाहरूलाई अघि बढाउने भन्ने विषयमा विवाद भएका कारण न्यायपरिषद्ले निर्णय गर्न नसकेको उनको तर्क छ । कस्तो मापदण्डलाई फलो गर्ने भन्ने विषयमा अहिले बहस छ । निर्णय प्रक्रिया नै त्यही कारण प्रभावित भएको छ । तर, उनी चाँडै प्रक्रियामा रहेका नियुक्तिहरू टुंगोमा पुर्याउने पक्षमा देखिएका छन् ।
उनले आफू कायममुकायम हुँदाकै बखतमै सरुवा मापदण्ड बनेको भन्दै मूल्यांकन प्रणालीका लागि थप केही काम गर्न आवश्यक रहेको बताउँदै आएका छन् । तर, मन्त्री गुरुङ ति मापदण्डमा विवाद आएकाले पहिले त्यसको निरुपण गर्नुपर्ने पक्षमा छन् । प्रत्येक न्यायाधीशको व्यक्तिगत कार्य मूल्यांकन नै मूल मूल्यांकन प्रणाली भएकाले यसैलाइ लिपिबद्ध गरेर जानुपर्ने पक्षमा कार्की छन् ।
उनले भनेका छन्, ‘हरेक न्यायाधीशले कति फैसला गर्याे, कस्ता फैसला गर्यो, गर्नुपर्ने जति गर्न सक्यो वा सकेन भनेर हेर्न मिल्ने अवस्था छ । खाली मूल्यांकन प्रणाली लिपिबद्ध गरेर त्यसलाई आधार बनाउँदै वृत्ति विकाससँग जोड्न सकियो भने त्यसले काम गर्न थप हौसला प्रदान गर्नेछ ।’ तर, कतिपय फैसलाहरूमा प्रश्न उठिरहेका कारण मन्त्री गुरूङ र न्यायाधीश श्रेष्ठको यसमा विमति छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपसंक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार