नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १५:२५:३६
२ साउन, काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । याे सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आवद्ध हजारौँ सहकारीका सदस्यहरूले बिभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहजै भुक्तानी पाउन सक्ने भएका छन् ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले हस्ताक्षर गरेका छन् ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने ‘ रेमिट्यान्स् बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि अझ बढि गौरवको विषय हो । यसबाट विभिन्न सहकारीमा आवद्ध सदस्यहरूले आफु आवद्ध सहकारी मार्फत नै रेमिट्यान्स् भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ ’ ।
यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले भने ‘ नेपाल रेमिटजस्तो लामो इतिहाँस भएको रेमिट्यान्स् कम्पनीसँग हाम्रो आबद्धता हुनु भनेको हाम्रा लागि पनि खुशीको कुरा हो । अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सक्नुहुनेछ ’ ।
नेपालको पुरानो र विश्वसनिय रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्स मार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।
नेपालमा सहकारीको शुरुवात भएको ६ वर्षपछि अर्थात वि. स. २०२० सालमा सहकारी बैंकको स्थापना भएको थियो । २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनको आधारमा सहकारी बैंक स्थापना भएको हो । तर सहकारी सम्बन्धी ठोस नीतिको अभावमा २०२४ सालमा सहकारी वैंक, कृषि विकास बैंकमा परिणत हुन पुग्यो । २०४८ सालमा सहकारी ऐन र ०४९ सालमा सहकारी नियमावली आउनुका साथै राष्ट्रिय सहकारी संघ र सहकारीका अगुवाहरुको चाहना र पहलवाट २०५७ सालमा सहकारी ऐन २०४८ लाई संशोधन गरी सहकारी बैंक स्थापना सम्बन्धि व्यवस्था गरियो ।
नेपाल सरकारको १ करोड शेयर रकम र सहकारी संघ संस्थाहरुको सहभागितामा २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड विधिवत रुपमा दर्ता भएको थियो । बैंकले आफ्ना सदस्य सहकारी संंघ संंस्थाहरू बीच २०६१ श्रावण १९ गते देखि कारोवार शुरु गरेको हो । सहकारी विभागको मातहतमा सञ्चालन हुदै आएको बैकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोवार गर्न स्वीकृति प्राप्त गरी आफ्नो कारोबार गर्दै आएको छ । यो बैकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरू, जिल्ला सहकारी संघहरू, बिषयगत सहकारी संघहरू, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन् ।
राष्ट्रिय सहकारी बैंक लि.मा हाल ७५ जिल्लाका करिब ७ हजार ३ सय सहकारी संघ संस्था शेयर सदस्य छन् । ३३ शाखा र १ केन्द्रीय कार्यालय गरी ३४ स्थानबाट ६६ करोड भन्दा बढी शेयर पूँजि संकलन, ८ अर्ब निक्षेप संकलन, करिब ५ अर्व कर्जा लगानी र करिव १० अर्बको कारोबार भैरहेको छ । बैंकले पछिल्लो समय कृषि र विपन्न वर्ग कर्जामा विशेष प्राथमिकता दिदै आएको छ । यो क्षेत्रमा करिब २ अर्ब लगानी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार