नेपाली बजारमा ‘ट्रु–मी’का उत्पादनहरु सार्वजनिक
नेपालबहस संवाददाता
साउन २, २०८० मंगलबार १६:२०:५७
२ साउन, काठमाडाैं । अमेरिकी प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का उत्पादन नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । काठमाडौंमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु सार्वजनिक गरेका हुन् ।
नेपालका लागि आधिकारिक बिक्रेता ट्रु ड्रमा एसए प्रालिले ती उत्पादनहरु मंगलबारदेखि नै देशभर नै बिक्री वितरण प्रारम्भ गरेको छ । ट्रु ड्रमाका विभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले नै ‘ट्रु–मी’का उत्पादन समेत बिक्री वितरण सुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए ।
‘ट्रु–मी’का का उत्पादनलाई वितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप बिक्री वितरण सुरू गरेको र जसबाट बजारमा साकारात्मक प्रतिक्रिया पाएको उनले बताए । जसका कारण बजार विस्तारका लागि थप उत्साहित बनाएको उनले बताए । अमेरिकी प्रविधिबाट उत्पादित हेयरकेयर र स्किन केयर सामग्री भएकै कारण उपभोक्ताको प्रतिक्रिया अपेक्षाकृत रुपमा सकारात्मक पाएको उनको दावी छ ।
नायिका स्वस्तिमा खड्काले ट्रु ड्रमाले उत्पादन गरेका सामग्री गुणस्तरीय हुने र अमेरिकन प्रविधिबाट उत्पादित ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु समेत गुणस्तरिय र प्रभावकारी हुने भएकाले यो ब्राण्डसँग आफू जोडिएको बताइन् ।
कार्यक्रममा बोल्दै ट्रमीका उत्पादनका लागि ब्राण्ड एम्बेस्डर तथा सिनियर व्युटी स्पेसलिस्ट रुश्का बैद्य श्रेष्ठले क्लिनिकल्ली प्रमाणित, प्राकृतिक सामग्रीबाट उत्पादन भएको तथा छाला विशेषज्ञले समेत सिफारिस गरेको उत्पादन भएकोले ट्रु-मीका उत्पादन विश्वशनीय रहेको बताइन् । कम्पनीका अनुसार नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ‘ट्रु–मी’का हेयर–केयरका उत्पादन उपलब्ध हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार