साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार उकालाे
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार १६:५५:५१
३ साउन, भादगाउँ । भक्तपुर नगरपालिका–१ की राधा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो, रातो, पहेँलो चुरा र घाँटीमा रातो, पहेँलो, हरियो मिश्रित पोते लगाएकी छिन् । दुवै हत्केलामा मेहेन्दी लगाएकी र रातो, पहेँलो सारीमा सजिएकी उनकी साथी सीताको पनि दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोतेका साथै हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ ।
साउन महिनामा विवाहित नारीले हरियो, पहेँलो र रातो रङ्गका पहिरन, पोते, चुरा र हातमा मेहेन्दी लगाई सोमबार शिवजीको आराधना गरी व्रत बसे श्रीमान्को आयु लामो हुनाका साथै आफू पनि सौभाग्यवती होइन्छ भन्ने विश्वासले यस्तो चलन बढ्दै आएको छ ।
खस आर्य समुदायका महिलाबाट सुरु भएको यो चलन अहिले स्थानीय नेवार समुदायका महिलामा समेत फैलिएको छ । यससँगै शृङ्गार सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि निकै बढेको छ । हिन्दू परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिका दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने रातो, हरियो, पहेँलो चुरा र मेहेन्दी लगाउने प्रलचन भने बढेको छ ।
साथीसँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले रङ्गीन चुरापोते र मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका हाकुलाल मानन्धरले बताइन् । अन्य महिनाभन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेब्बर बढ्ने गरेको उनको भनाइ थियो । “अहिले त झन् फेन्सी डिजाइनको रङ्गीन चुरा र पोते आएको छ, राख्न नपाउँदै बिक्री भइहाल्छ,” मानन्धरले भनिन।
सबै देवीदेवतालाई मनपर्ने भएकाले साउन महिनाभर महिलाहरु रङ्गीन शृङ्गार गरेर बस्ने कस्मेटिक पसलकी कृषा श्रेष्ठले बताइन् “साउन महिना प्राकृतिक रुपमा हरियो महिना हो । जता गए नि हरियाली नै हरियाली देखिन्छ । यो बेला आफूहरू प्रकृतिसँग जोडिएको हिस्साका रुपमा हरियो चुरासँगै रङ्गीन शृङ्गार पटार गर्ने परम्परा बसालिएको हो,” उनले भनिन, “साउन महिना धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिनाका साथै हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक पनि मानिन्छ ।” साउनको सोमबार व्रत बस्ने गरिएकाले पनि रङ्गीन पहिरनसँगै बजारमा हरियो चुरा, मेहेन्दी र पोतेको व्यापार बढेको श्रेष्ठले बताइन् ।
पछिल्लो समय साउन महिनामा विवाहित होस् या अविवाहित महिलामध्ये शृङ्गार पटार गरी हातमा हरियो चुरा हत्केलामा र खुट्टामा मेहेन्दीले सजिएर हिँड्नेहरुको कमी छैन । स्थानीय शृङ्गार कस्मेटिक पसलकी कृषाले साउन महिनामा अरू महिनाभन्दा दोब्बर तेब्बरै नै व्यापार हुने बताइन्। “यो महिना महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याइँ गर्दैन जति भन्यो त्यति नै तिरेर सामान लान्छन् । अझ फेन्सी प्रकारको नयाँ के समान आएको छ, त्यसको माग गर्छन्,” उनले भनिन् ।
दैनिक रु १५ हजारदेखि २० हजारसम्मको शृङ्गारका सामग्री बेच्ने कस्मेटिक पसलले साउनमा मेहेन्दी, पोते र चुरामात्र रु दैनिक ३५ हजारदेखि रु ७० हजारसम्म व्यापार हुने बताए । पछिल्लो समय साउनमा हरियो चुरा र मेहेन्दी लगाउने एउटा परम्परा जस्तै बनिसकेकाले हिन्दू महिला मात्र होइन अन्य जातजाति, समूहका महिलासमेत यस परम्परामा जोडिएका छन् । हिन्दू धर्मावलम्बीले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्ने परम्परा भएकाले साउनलाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइने संस्कृतिकर्मीहरुको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार