‘ब्रेक शु’मा आएको सुन तस्करीमा विमानस्थल प्रहरी र भन्सारको मिलेमतो रहेको आशंका
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार २३:१८:४९
३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र प्रहरीको मिलेमतोबाट बाहिरिएको सुन मंगलबार साँझ राजश्व अनुसन्धान विभागले बरामद गर्न सफल भएको छ । तीन महिना अघि खुलेको एक कम्पनीको नामबाट ल्याइएको सुनलाई चिनियाँ, नेपाली र भारतीय व्यापारीको मिलेमतोमा भारततर्फ लैजान लागिएको सुनलाई मंगलबार बेलुकी पख विभागको टोलीले बरामद गरेको हो ।
मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भनेर ल्याएको सामानमा टासेर सुन ल्याइएको थियो । विभाग स्रोतका अनुसार करिब ९० देखि १०० किलो सुन नेपाल ल्याइएको हो । ‘ब्रेक शुको तौल चाहि करिब १ सय ५२ किलो भन्दा बढी छ’, स्रोतले भन्यो । विभागले मंगलबार साँझ होल्ड गरेको र बुधबार दिउँसोबाट अप्रेशन शुरु गरेको थियो । त्यो अप्रेशन राती अबेरसम्म चलेको थियो । सो अप्रेशनबाट ठूलो परिणाम सुन बरामद भएको हो । चिनबाट हङकङ हुँदै नेपाल आएको थियो ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार मंगलबारबाटै अप्रेशन सुरु भएको र बुधबार राती अबेरसम्म नै जारी रहेको थियो । ‘क्याथे प्यासिफिक’को प्लाइटमार्फत आएको उक्त सुन कार्गोमा थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा राखेर सुन नेपाल ल्याइएको थियो । ८० किलोभन्दा माथि होला हामी अझै अप्रेशनमै छौ’, महानिर्देशक ढुंगानाले नेपालबहससँगको कुराकानीमा भने । विभागको विशेष सूचनाका आधारमा टोलीले विमानस्थल भन्सारमा छापा मारेको थियो ।
सुनसँगै दुई जना व्यक्तिलाई पनि पक्राउ गरिएको छ । एक जना भन्सार एजेण्ट राजेन्द्र राई र ट्याक्सी चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन महिनाअघि खोलिएको कम्पनीको नाममा पटक पटक यस प्रकारको सामान आउने सूचना प्रहरी र विमानस्थल भन्सार कार्यालयलाई पनि थियो । तर उनीहरूले वेवास्ता गरेपछि मंगलबार साँझ विभागका कर्मचारीहरू आफै गएर विमानस्थल बाहिरबाट बरामद गरेका थिए ।
स्रोतका अनुसार सुराकीको आधारमा विभागका कर्मचारीहरूले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा विमानस्थल गेट बाहिरबाट एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेपछि मात्रै विमानस्थल प्रहरी र भन्सारका कर्मचारीलाई जानकारी दिइएको थियो ।
अनुसन्धान विभागका एक कर्मचारीका अनुसार स्कुटरको पार्टसँगै जोडेर ल्याएका कारण परिणाम अझै एकिन हुन सकिरहेको छैन । ‘स्कुटर पार्टमा सुन पनि जोडेर ल्याएको छ, त्यसको तौल यकिन हुन सकेको छैन’, स्रोतले भन्यो । सुन तस्करीको वास्तविक मालिक भने पक्राउ परेका छैनन् ।
विभागलाई बुधबार बिहानैबाट सुराकी आएको र आगमन कक्षबाट सुन बाहिरिएको अवस्थामा बरामद भएको स्रोतले जनाएको छ । एक्सरे मेसिनमा पनि सुनजस्तो वस्तु नदेखिएको तर सुराकीले स्कुटरको पार्टमा सुन राखेर ल्याएको सुराकी दिएपछि विभागका कर्मचारी मंगलबार नै भन्सार कार्यालयमा पुगेका थिए । स्रोतका अनुसार नेपाली व्यापारीहरू मध्यस्थकर्ता र चिनियाँ र भारतीय व्यापारीको मिलेमतोमा यो सुन तस्करी हुने क्रममा थियो । विभागले नेपाली व्यापारीहरूलाई पनि निगरानीका राखेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार