बरामद सुनबारे पौडेलको नेतृत्वमा छानबिन गर्न समिति गठन, निलम्बनका लागि कर्मचारीको मागियो विवरण
नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार १२:७:२३
४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको सुनका विषयमा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ । अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले नेपालबहसलाई जानकारी दिए ।
बिहीबार गठन भएको समितिलाई पाँच दिनको समय दिइएको छ । बुधबार राजश्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
बरामद गरिएको सुन करिब १ सय किलो भएको अनुमान गरिएको छ । यसको आजै नेपाल राष्ट्र बैंकमा लगेर नापतौल गरिने भएको छ । सूचना अधिकारी खड्काले सुन भित्र्याउँदा संलग्न भन्सारका कर्मचारीमाथि समितिले छानबिन गर्ने बताए । प्रवक्ता खड्काका अनुसार अनुसन्धानका लागि जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ । भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।
यसका लागि समितिले सबै कर्मचारीको विवरण मागिएको छ । संलग्न देखिएका सबै कर्मचारीलाई निलम्बन गरेर कारबाही अघि बढाइने छ । पहिलो चरणमा जाँचपासका कर्मचारी र अनुसन्धानका क्रममा आवश्यक कर्मचारीमाथि कारबाही गरिनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा आयाततर्फ खटिएका कर्मचारीको संलग्नताका विषयमा समितिले छानबिन गर्न लागेको हो । समितिले आज नै कार्गो भवन गई त्यहाँ रहेका सीसीटीभी फुटेज हेर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
राखेप बोर्ड सदस्यहरूद्वारा शपथ ग्रहण
पुष १९, २०८१ शुक्रबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार