तौल गरिएको सुन बबरमहलस्थित राष्ट्र बैंक मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखियो
नेपालबहस संवाददाता
साउन ४, २०८० बिहिबार १६:११:५२
४ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको सुनसहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्र बैंकको टक्सार विभागले जोखेर भ्याएको छ । सुनसहितको ब्रेक शुको तौल १ सय ५५ किलो भएको छ भने सुन मात्रै निकालेर तौल गरिँदै छ । बुधबार बरामद गरिएको सुन काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको हाे ।
बिहीबार मुचुल्का उठाएर सुन ढुकुटीमा राखिएको हो । ती ब्रेक सु जोख्दा कुल तौल १ सय ५५ किलो आएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ । कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटा बाहेक सबैमा सुन रहेको पाइएको छ । अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने छ । ब्रेक शु भित्र सुनका साना साना टुक्रा भएकाले सबै निकालेर जोख्न समय भएको छ ।
जोख्न लगिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले टक्सार महाशाखालाई जिम्मा लगाएर फर्किएको छ । यसपछि सुनलाई ढुकुटीमा राखिएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए । उनले भने ढुकुटीमा सुन राख्यौँ’ भनेर टोली फर्किएको बताए । राजश्वको टोलीले थप केही नभनेसम्म सुन ढुकुटीमै रहनेछ ।
रेडी ट्रेड लिंक बूढानीलकण्ठका नाममा हङकङबाट सो सुन ल्याइएको थियो । विभागकै टोलीले सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
माघ ६, २०८१ आइतबार
अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान, अन्य विदेशी मुद्राको भाउ कस्तो छ ?
माघ ४, २०८१ शुक्रबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ
माघ ६, २०८१ आइतबार
सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा
माघ ६, २०८१ आइतबार
भिरबाट लडेर महिलाको मृत्यु
माघ ६, २०८१ आइतबार
ट्रम्पका परिवार : ह्वाइट हाउसमा कस्को के भुमिका ?
माघ ६, २०८१ आइतबार
लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने
माघ ६, २०८१ आइतबार