अव्यवस्थित तार हटाउन केबुल तथा इन्टरनेट कम्पनीलाई निर्देशन
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १४:१०:२२
५ साउन, झापा । मेचीनगर नगरपालिकाले सहर तथा ग्रामीण क्षेत्रका अव्यवस्थित तार हटाउन केबुल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर बिहीबार उक्त निर्देशन दिइएको जानकारी दिए ।
काँकडभिट्टा, धुलावारी, इँटाभट्टा, चार आली, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी लगायतका स्थानका अव्यवस्थित तार व्यवस्थित गर्न निर्देशन दिइएको उनको भनाइ छ । “सहर, बजार र सडकभरी जताततै केबुल र इन्टरनेट कम्पनीका तार लत्रिएका छन्, यसले मानिस तथा सवारीको आवागमनमा बाधा पुगेको छ”, उनले भने, “आफैं जानेर व्यवस्थापन गर्नुपर्ने हो । लापरबाहीको हद भएपछि नगरपालिका अब ‘एक्सन’मा उत्रिन परेको हो ।” तत्काल तार व्यवस्थित नगरिए नगर प्रहरी प्रयोग गर्ने उनको भनाइ छ ।
नेपाल टेलिकम काँकडभिट्टाका प्रमुख काजीमान विश्वकर्माले अनुमति र सम्झौता नगरी केबुल तथा इन्टरनेट प्रदायक कम्पनीहरूले नेपाल टेलिकम तथा विद्युतको खम्बामा जथाभाबी तार टाँगेर व्यवसाय सञ्चालन गरिरहेको आरोप लगाए । “केही कम्पनीले सम्झौता मात्रै गरेका छन्, शुल्क बुझाएका छैनन्,” उनले भने, “अधिकांश कम्पनीले आफूखुसी टेलिकम र विद्युतको पोल प्रयोग गरिरहेका छन् । पटक–पटक पत्राचार गर्दा पनि सम्झौता र रोयल्टी तिर्न अटेर गरेका छन् ।”
मेचीनगर क्षेत्रमा नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणको खम्बा प्रयोग गरे बापत केबुल तथा इन्टरनेट कम्पनीले वार्षिक रु १८ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको उनको भनाइ छ ।
गुजुल्टिएका तथा लत्रिएका तारका कारण आगलागी हुने र सहरी सौन्दर्यसमेत बिग्रने हुनाले व्यवस्थित गर्न निर्देशन दिइएको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज
जेठ ११, २०८१ शुक्रबार
कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै
जेठ ११, २०८१ शुक्रबार
बेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
संसद् भवनमा विपक्षी दलहरु छलफलमा जुटे
जेठ ११, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल
जेठ ११, २०८१ शुक्रबार
आर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
जेठ ११, २०८१ शुक्रबार