सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १५:१३:४१
५ साउन, गोदावरी । सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो ।
विसं २०७४ कात्तिक २७ गते रु २१ करोडको लागतमा दुई तले नवजात र मातृ शिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रवीना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ३० महिनामा निर्माण कार्य सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ ।
सो भवन साढे दुई वर्षमा सम्पन्न हुनुपर्नेमा पाँच वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण अधुरै रहेको अस्पतालले जनाएको छ । ठेक्का सम्झौता गरेको काठमाडौँको रवीना थेगिम जेभीले पाँच वर्षमा ८० प्रतिशतमात्र काम पूरा गरेको अस्पतालका सूचना अधिकारी सौरभ कलौनीलले जानकारी दिए ।
उनका अनुसार अस्पताल भवन निर्माणको काम अलपत्र पर्दा सेवा प्रवाहमा समस्या भइरहेको छ । धनगढीको मुख्य सडक विस्तारका क्रममा अस्पतालको ओेपिडी भवन भत्किएपछि भवनको अभाव भएको छ । अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरेको छ ।
सो भवन निर्माणका लागि पाँचौँ पटकसम्म म्याद थप गरिएको अवधि गत २५ असारमा सकिएको छ । सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले सम्झौताअनुसार २०७७ वैशाख २७ मा भवन निर्माणको काम सम्पन्न हुनुपर्ने जनाएको छ । सो भवन निर्माण सम्पन्न गर्न अझै १५÷२० प्रतिशत काम बाँकी रहेको छ ।
अस्पतालका सूचना अधिकारी कलौनीले अस्पतालमा झ्याल, ढोका लगाउने, टायल बिच्छ्याउने, रङ्गरोगन गर्ने, शौचालय बनाउने, बिजुलीबत्ती जडान गर्नेलगायत ‘फिनिसिङ’का काम बाँकी रहेको बताउनुभयो । भवन निर्माणका धेरै काम बाँकी हुँदा पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको उनको भनाइ छ ।
समयमै ठेकेदार कम्पनीले काम पूरा नगरे ठेक्का रकमको शुन्य दशमलव शुन्य पाँच प्रतिशत दैनिक जरिवाना गरिनाका साथै छ महिनामा काम पूरा नगरे ठेक्का तोडिने अस्पतालले चेतावनी दिएको अस्पताल विकास मितिका अध्यक्ष निर्मल शाहले बताए ।
भवन अभाव हुँदा अस्पतालले बाध्यतावश अधुरो भवनबाट ओपिडी सेवा सुरु गरेको अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन चिकित्सक शेरबहादुर कमरले जानकारी दिए । भवन हस्तान्तरण नहुँदै सेवा सुरु गर्नाका कारण दुवै भवनमा ठाउँ अभाव रहेको उनले बताए । नयाँ भवनमा पानी, शौचालयलगायत आवश्यक सामग्रीका बीच मेडिकल र सर्जिकल वार्ड सञ्चालनको सेवा सञ्चालन भइरहेको जनाइएको छ ।
अस्पताल भवन हस्तान्तरण भइसकेपश्चात् आइसियू र डायलाइसिस वार्ड तथा एमआरआई मेसिन राख्न सकिने भए पनि अहिले भवन अधुरो हुँदा राख्न सक्ने अवस्था नभएको डाक्टर कमरले बताए ।
प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट दैनिक सयौँ बिरामी उपचारका लागि आउने गरेका छन् । भवन अभावले सहज रुपमा उपचार प्रदान गर्न समस्या भइरहेको अस्तापलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार