दुई सातादेखि मुगुमा विद्युत सेवा अवरुद्ध हुँदा बस्ती अन्धकारमा
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार १४:२४:४८
♦ नृपेन्द्रबहादुर मल्ल
७ साउन, मुगु । मुगुमा करिब दुई सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायानाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् । गत असार २७ गतेदेखि गमगाढ साना जलविद्युत् आयोजनको मुहानमा समस्या आउँदा विद्युत सेवा ठप्प भएको हो । अहिले जिल्ला सदरमुकाम गमगढीलगायत आसपासका ८७ बस्ती अन्धकारमा छन् ।
वि.सं २०६८ मा स्थापना भएको सो आयोजनामा पटक–पटक समस्या आउने गरेको छ । यसका कारण मुगुका तीन हजार एक सय घरधुरी प्रत्यक्ष मारमा परेका छन् । विद्युत नहुँदा सरकारी कामकाजका साथै बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाहमा बाधा पुगेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुका सहायक प्रबन्धक प्रकाश भाम बताए ।
विद्युत्गृहको मुहानमा बाढी पस्दा नहरमा बालुवा र लेदोले पुरिदिँदा नहरमा पानी प्रवाह नभएपछि विद्युत उत्पादन बन्द भएको जनाइएको छ । पटक–पटक बालुवा हटाउन प्रयास गरे पनि सम्भव नभएको र गत वर्षको बाढीका कारण खोलाले धार परिवर्तन गरेपछि वर्षात्को समयमा भलसँगै आउने लेदो र बालुवाले नहर जाम हुने गरेको छ । यसका कारण विद्युत् उत्पादनमा समस्या भएको गमगाढ साना जलविद्युत आयोजनाका प्राविधिक छिरिङ लामाले जानकारी दिए ।
चार सय किलोवाट विद्युत उत्पादन क्षमता भएको आयोजनामा रहेका विद्युत उत्पादन गर्ने दुई मेसिनमध्ये एक लामो समयदेखि चालु अवस्थामा छैन भने चालू रहेको मेसिनले जेनतेन एक सय ६० किलोवाट विद्युत उत्पादन गरिरहेको थियो ।
हरेक वर्ष वर्षाको समयमा गमगाढ वितरण केन्द्रको मुहान, पावरहाउसमा पटक–पटक समस्या आउने र विद्युत सेवा अवरुद्ध हुने गरेको छ । समस्या समधानका लागि काम त गरिन्छ । त्यो प्रभावकारी र दिगो हुनसकेको छैन । दीर्घकालीन समाधानको योजना विद्युत प्राधिकरणले नबनाउँदा हरेक वर्ष पानी र हिउँ पर्दा विद्युत् सेवाबाट नागरिकले सास्ती खेप्नु परिरहेको छायाँनाथ रारा नगरपालिका–६ का स्थानीय धनबहादुर भाम बताए।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुगुमा राष्ट्रिय प्रसारण लाइन असारमा पुर्याउने घोषणा गरेको थियो । विद्युत सेवा अवरुद्ध भएपछि नहरको बालुवा हटाउन सशस्त्र प्रहरीदेखि प्राधिकरणका कर्मचारी दिनरात काममा खटिँदै आए पनि साँघुरो नहर, एक जनामात्र भित्र पस्न सक्ने अवस्था भएकाले बालुवा र लेदो हटाउन समस्या भएको जनाइएको छ । गमगाढ खोला सिधैँ नहरमा जोडिएकाले पनि प्रत्येक वर्षामा बालुवा तथा लेदो थपिँदै जाने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचुरेमा कार्यकर्ता नपाल, समितिलाई स्वतन्त्र बनाउ र उत्खनन बन्द गर
जेठ १०, २०८१ बिहिबार
दाङका दर्जन बढी बस्तीमा खानेपानीको हाहाकार
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै
जेठ ११, २०८१ शुक्रबार
बेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
संसद् भवनमा विपक्षी दलहरु छलफलमा जुटे
जेठ ११, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल
जेठ ११, २०८१ शुक्रबार
आर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
जेठ ११, २०८१ शुक्रबार
ट्रम्पको राष्ट्रपति अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउँदै
जेठ ११, २०८१ शुक्रबार