एलआइसी नेपालको साउन १७ गते साधारणसभा
नेपालबहस संवाददाता
साउन ८, २०८० सोमबार ११:५७:४९
८ साउन, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)ले साधारणसभा प्रयोजनका लागि भोलि मंगलबार साउन ९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, आज सोमबार साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
यसले साउन १७ साधारणसभा बोलाएको छ । कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । यसले गत वर्ष भने २०% बोनस सेयर र कर तिर्न १.०५% लाभांश वितरण गरेको थियो ।
सभामा ४.६५ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारणसभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से १२७ अंकले बढ्यो, आज १३ अर्ब १० करोडको कारोबार
भदौ १७, २०८१ सोमबार
रु रु जलविद्युत परियोजनाले ७.०७ प्रतिशत कमायो नाफा
साउन २८, २०८१ सोमबार
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि
साउन २७, २०८१ आइतबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार