दुवै ध्रुवबाट सगरमाथाको शिखर चुम्ने पहिलो महिला पत्रकारको र्कीतिमान राख्न कल्पना शिविरतर्फ
इन्द्र रिजाल
चैत २९, २०७५ शनिबार १:१२:२१
काठमाडौं । साहसी महिला पत्रकार कल्पना मर्हजन फेरि सगरमाथा शिविरतर्फ लागेकी छन् । गतबर्ष पाचँ महिला पत्रकारको नेतृत्व गर्दै दक्षिणी ध्रुवबाट विश्वकै उच्च शिखर सगरमाथाको चुचुरो चुम्न सफल कल्पनाले यसपटक भने उत्तरी ध्रुवबाट सगरमाथाको चुचुरो चुम्ने लक्ष्यसहित आरोहण शिविरतर्फ पाइला चालेकी छन् ।
फेरि सगरमाथा – शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान–२०१९ को नारासहित पत्रकार एवं महिला सगरमाथा आरोही कल्पना महर्जन विश्वको सर्वोच्च शिखर सगरमाथा पुन आरोहणका लागि हिजो चैत्र २८ गते चीनको ल्हासातर्फ प्रस्थान गरेकी हुन् ।
ललितपुर उद्योग बाणिज्य संघद्वारा आयोजित विशेष समारोहमा नेपालका उपराष्टपति नन्दबहादुर पुनले खादा ओढाएर महर्जनलाई सफल आरोहणको शुभकामना दिएका थिए । उनलाई एकअर्को समारोहको आयोजना गरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छासहित खादा ओढाएर सफल आरोहणका लागि शुभकमना दिए ।
सो अवसरमा पर्वतारोहण व्यवस्थापन कम्पनी एक्सपेरियन्स् आउटडोर प्रालिका प्रबन्धनिर्देशक रविन्द्र महर्जनले शिखर आरोहणका लागि कल्पना महर्जनले यसपटक गरिरहेको तयारी, व्यवस्थापन र योजना बारे विस्तृत जानकारी दिएका थिए ।
ललितपुर महानगरपालिका स्थापनाको १०० औं वर्षगाँठ र वाङमय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको १०० औं जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीरअंकित झण्डा सगरमाथाको शिखरमा फहराउने योजना रहेको छ ।
कल्पनाले गर्ने सफल शिखर आरोहणका लागि ललितपुर महानगरपालिका, ललितपुर उद्योग बाणिज्य संघ, यूनाईटेड सिमेन्ट, मैजान तेल, श्री दक्षिण बाराही इटा उद्योग, बुद्ध एयर, एभरेष्ट फेशन, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, आईआईएमएस कलेज, इमाडोल स्वीमिङ पुल, डिस होम, एभरेष्ट हार्डवयरलगायतका संघ, संस्थाहरुको आर्थिक सहयोग रहेको छ ।
आरोही महर्जनले सन् २०१८ को मे २३ तारिखका दिन नेपालतर्फकाे दक्षिण मोहोडाबाट सगरमाथा शिखरको सफल आरोहण गरेकी थिइन । महर्जनको यो आरोहण सफल हुँदा उनी सगरमाथाको दुवै मोहोडाबाट शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको किर्तीमान स्थापित हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार