पर्याप्त वर्षा नहुँदा धानबालीमा गबारो कीराको प्रकोप
नेपालबहस संवाददाता
साउन १०, २०८० बुधबार ११:५४:३७
९ साउन, दोधारा चाँदनी । कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पुर्याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो ।
कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिए । “रोपेको धानबालीमा गबारो कीराले क्षति पुर्याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ”, उनले भने, “झण्डै एक सय किसानलाई विषादी वितरण गरेका छौँ, पालिकाको बजेट अभावले सबैलाई विषादी उपलब्ध गराउन सकिएको छैन ।”
अधिकांश किसानको खेतमा गबारोले कीराले क्षति पुर्याएको र त्यसको निर्मूलका लागि विषादी प्रयोग गर्न कृषि अधिकृत धामीले सुझाव दिए । “पर्याप्त वर्षा नहुँदा सुक्खा भएपछि गबारोको प्रकोप देखिएको हो”, उनले भने, “हामीले सबै वडामा पुगेर नमुना परीक्षण गरिरहेका छौँ ।”
यस्तै शुक्लाफाँटा नगरपालिकाको सुक्खा क्षेत्रमा पनि गबारो कीराको प्रकोप देखिएको छ । शुक्लाफाँटा नगरपालिकाका कृषि प्राविधिक करनसिंह बुढाऐरले पालिकाको सुक्खा क्षेत्रमा खेतमा गबारो कीराको प्रकोप देखिएको बताए । “गबारो कीरा देखियो भनेर किसान आउने क्रम बढेको छ”, उनले भने, “सुक्खा क्षेत्रमा धानबालीमा गबारो कीरा र धमिराको सङ्क्रमण देखिएको छ ।”
धान रोपेको महिना दिनमै गबारोको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी जनक सिंहले कञ्चनपुरका दुई पालिकामा मात्रै गबारो सङ्क्रमण देखिएको जानकारी दिए । “शुक्लाफाँटा र कृष्णपुरमा धानबालीमा गबारोको प्रकोप देखिएको छ”, उनले भने, “जिल्लाका अन्य क्षेत्रमा यसको प्रकोप देखिएको छैन ।”
कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टरमा धानखेती हुने गरेको सूचना अधिकारी सिंहले बताए । यहाँ आर्थिक वर्ष २०७७/७८ मा एक लाख ८९ हजार मेट्रिक टन तथा आव २०७८/७९ मा एक लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७९/८० मा एक लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार