कोशीमा बहुमत जुटाउन चरण-चरणमा छलफल
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार ११:५०:३५
१४ साउन, काठमाडौं । एक सदस्यका कारण पेचिलो बनिरहेको कोशी प्रदेश सरकार गठनका लागि कसरी बहुमत पुर्याउने भन्ने बारे केन्द्रमा चरण चरणमा छलफल राखिएका छन् । तर, आज बिहानसम्म कुनै निष्कर्ष आएको छैन । सामूहिक छलफलपछि गठबन्धनका चार दलको बैठक पनि डाकिएको छ । आइतबार बिहान काठमाडौंमा उपलब्ध कोशी प्रदेशका नेताहरूसँग बालुवाटारमा छलफल भएको थियो ।
कोशी सरकार गठनकै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको छ । ओलीले एमालेको नेतृत्वलाई सघाउन माओवादीसँग आग्रह गरेका छन् । ओलीसँगको छलफल र बिहान भएको छलफललाई केन्द्रमा राखेर फेरी आजै चार दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरूको बैठक बस्दैछ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेका छन् । यही साउन १७ गतेभित्र दाबी पेस गर्न समय दिइएको छ । त्यसका लागि बहुमत संख्या पुर्याउन दलहरू सक्रिय भएका हुन् । शनिबार पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।
आज बिहान नौ बजे पुनः कोशी प्रदेशका नेताहरूसँग छलफल भएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छलफलका लागि नेताहरूले काठमाडौंमा बोलाएकाले आएको बताए । सत्ता गठबन्धनका नेताहरूले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । तर सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत ४७ प्रदेश सभा सदस्यको समर्थन पुगेको छैन । यस्तो अवस्थामा सत्ता गठबन्धनबीच तीन विकल्पमा छलफल भइरहेको छ ।
पहिलो विकल्प संसदको ठूलो दलको हैसियतमा नयाँ सरकार बनाउने हो । कोशीमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले उसको नेतृत्वमा सरकार गठन हुन नदिन कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन प्रयासरत छन् । एमाले पनि प्रयासरत छ । दोस्रो विकल्पको रुपमा उनीहरूले सरकार गठनमा निर्णायक देखिएको राप्रपाको साथ खोजेका छन् ।
राप्रपाले अहिलेसम्म वचन दिएको छैन । राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विभिन्न दलहरूसँग छलफल भइरहेको तर अन्तिम टुंगोमा नपुगेको बताए । राप्रपा सत्ता गठबन्धनमा आउन सहमत नभए सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने सत्ता गठबन्धनका नेताहरूको तयारी छ । तर, सभामुख गौतमले राजीनामा दिएर संख्या पुर्याउदा पनि फेरी सभामुख चयन भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ । यसैले राप्रपा मनाउन गठबन्धन लागिरहेको छ ।
गठबन्धन दललाई राप्रपाले साथ दिए सहज ढंगले सरकार बन्न सक्छ । तर, केन्द्रीयस्तरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भएको छलफलमा समेत सो विषयमा सकारात्मक जवाफ नदिइएको बताइएको छ । राप्रपाले सभामुख खोजिरहेको बताइएको छ । राप्रपालाई सभामुख दिएको खण्डमा गठबन्धनको कोशी सरकार बलियो बन्छ । तर, अहिलेसम्म यसमा पनि सहमति भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार