नेपाली कांग्रेसको वर्ष २०७५ : आन्तरिक विवादमै रह्यो सिमित
इन्द्र रिजाल
चैत ३०, २०७५ आइतबार १:५८:१४
काठमाडौं । गतबर्ष सम्पन्न तीन तहको निर्वाचनमा नेपाली कांग्रेसले नराम्ररी हार व्यहोर्नु प¥यो । २००७ साल देखिको मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भुमिका निर्वाह गरेको लोकतन्त्रको मियो मान्ने कांग्रेसमा २०७५ साल सकिदा आफैभित्र लोकतन्त्रको खडेरी देखा प¥यो ।
आफ्नै आन्तरिक द्धन्द्धका कारण राष्ट्रिय राजनीतिमा पनि खासै उपलब्धीमुलक प्रतिपक्षी भुमिका निर्वाह गर्न नसकेको भन्दै सवैतिर चौतर्फी विरोधको पनि सामना गर्नुप¥यो ।
२०७५ सालको माघ महिनासम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरे । निर्वाचनमा पार्टीले ठुलो हार व्यहोरेपछि २०७५ फागुन ३ मा तत्कालिन एमाले र माओवादी केन्द्रविच एकता भइ बनेको नेकपा नेतृत्वको दुइ तिहाइ बहुमतको सरकार बन्यो । त्यो लगत्तै नेपाली राजनितिमा छुट्टै बहस र चर्चा सुरु भयो ।
अब नेपालमा ठुलो परिवर्तन हुन्छ भनेर धेरैले आशा र भरोसा गरेका थिए । तर यो एक बर्षमा जनताको अपेक्षा अनुरुपको काम न सरकाले गर्न सक्यो न प्रतिपक्षी दल कांग्रेसकै भुमिका चित्त बुझाए ।
यही फागुन ३ गते नेकपा नेतृत्वको सरकारले पनि १ बर्ष पुरा गरीसकेका छन । भने कांग्रेसले पनि प्रतिपक्षीको भुमिका निभाएको १ बर्ष वितिसक्यो । तर कांग्रेसको प्रतिपक्षीद लको भुमिकालाई पनि खासै सन्तोषजनक रुपमा लिइएनन ।
लोकतन्त्रमा प्रतिपक्ष पनि सरकार कै एउटा अंग हो । कतिपय राष्ट्रिय मुद्धामा प्रतिपक्षको भूमिका निर्णायक हुने गर्दछ भने संबैधानिक निकायहरुमा गरिने नियुक्तिमा प्रतिपक्षीदलको भूमिकालाई संबिधान मै व्यवस्था गरिएको छ ।
कांग्रेस परम्परागत रुपमा नै गुट-उपगुटमा विभाजित पार्टीको रुपमा अहिले पनि चिनिने गर्दछ । यसका गुटहरु कहिले काही संस्थापन पक्षभन्दा बलिया देखिन्छन् जसको असर र पिडा कांग्रेसले बेला बेलामा भोग्ने गरेको इतिहास साक्षी छ । यो एक बर्षको अवधिमा पनि लगभग यस्तै देखियो ।
निर्वाचनमा पाएको जबर्जस्त हारपछि संसदमाकाँग्रेस निरिह नै देखियो ।काँग्रेसको निरीहता संसदमा केहि समयअघि चिकित्सा शिक्षा विधेयक पारितका बेला देखियो नै । यस बाहेक यस समयमा काँग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निभाउन असफल नै देखियो ।
एकपछि अर्को प्रकरणमा घेरिएको सरकारलाई प्रतिपक्षले न त संसद मै न त सडकमा घेर्न सक्यो । चुनावको असफलताबाट तिरमिराएको कांग्रेस खासमा आफ्नै पार्र्टी िभत्रको विवाद र घेराबन्दीमा पर्यो । चुनावसकिएको ८–१० महिना त चुनावको समिक्षा र आरोप प्रत्यारोप मै काँग्रेस व्यस्त देखियो । यसबीचमा काँग्रेस धेरै समय एजेन्डा विहिन नै देखियो ।
यातायात सिन्डिकेट, निर्मलाहत्याप्रकरण, वाइडबडी प्रकरण, क्रिष्टियन सम्मेलन, चिकित्सा शिक्षाविधेयक जस्ता प्रकरणमा काँग्रेसले निभाएको प्रतिपक्षीको भुमिकाखासै सन्तोषजनक देखिएन । यसबीचमा कांग्रेसले आफ्नो पार्टीको महासमिति बैठक सम्पन्नगर्यो ।
औपचारिक रुपमा महासमिति बैठक गरेको देखिए पनि महासमिति बैठक कांग्रेसका नेताहरुले भने जस्तो वैचारिक मन्थन गर्ने ठाँउ बन्न सकेन । धेरै समय त गुट उपगुटका बैठक र विधानबारेको अनौपचारिक छलफलमै समय बिताएर महासमितिमा विधान पारित गर्ने बेला आधाभन्दा धेरै सहभागी घर फिर्ता हुनपरेका थियो ।
यसमा पनि कांग्रेसको अस्तव्यस्ता र नेतृत्वको राजनीतिको कुसंस्कार प्रष्ट देखियो । महासमितिले चुनावमा पराजित मानसिकतामा रहेका काँग्रेसका हजारौ कार्यकर्तामा नयाँ आत्मविश्वास भर्न असफल भयो भने केन्द्रीय नेताहरुमा देखिएको गुटबन्दीले झन् उनीहरुमा नैराश्यता र निराश बनायो ।
यसपछि काँग्रेसले डा. गोविन्द केसी प्रकरणमा संसदमा केहि अवरोध र नाराबाजी गरेपनि सरकारले त्यसलाई सुनियोजित रुपमा असफल बनाइदियो । बहुमतको आधारमा सरकारको पेलाईमा काँग्रेस टुलुटुलु हेर्नु बाहेक केहि गर्न सकेन । यस्तै वाइडबडी प्रकरणमा आक्रामक बनिरहेको काँग्रेस सभापति शेरबहादुर देउवाको नाम आउनासाथ एकाएक सेलायो ।
यति मात्र होइन माघ २१ मा देशभर गर्ने प्रदर्शनका एजेन्डामा वाइडबडी प्रकरणलाई उल्लेख नै गरिएन । यसरी प्रतिपक्षीदलको रुपमा काँग्रेसको अवस्था सरकार कै जस्तो देखिन्छ । जसरी सरकार ठोस रुपमा जनतालाई काम गरेको अनुभूति दिलाउन असफल भयो प्रतिपक्षी पनि आफ्नै पार्टीका समस्या र गुटउपगुटको राजनितिकै वरिपरी घुमेर एक बर्ष विताएको देखिन्छ ।
चुनावपछिको एकबर्षमा काँग्रेसका समस्याज्युँ का त्यूँ देखिन्छन । यसअवधिमा न त काँग्रेसले आफ्नो चुनाव हारको सहि समिक्षा नै गर्न सक्यो न त सशक्त प्रतिपक्षको भूमिका नै निर्वाह गर्न सक्यो ।
बरु पार्टी भित्रझन् ध्रुविकरण बढेको छ । बर्षको अन्तिमतिर आउंदा समेत कांग्रेस नेताहरु अझै मिल्न सकेको छैन । पार्टी नेतृत्वझन् गुटबन्दीको शिकार भएको देखिन्छ भने राष्ट्रिय मुद्धाहरुमा आफ्नो स्पष्ट धारणा राख्न पनि काँग्रेस असफल भएको देखिएको छ । रासस
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार