कुशादेवी माविका शिक्षक गौतमविरूद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप
कारवाही गर्न विद्यार्थी संगठनद्वारा प्रशासनकाे ध्यानाकर्षण
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १२:९:३१
१७ साउन, काठमाडौं । काभ्रेको पनौती नगरपालिका-२ स्थित संचालित कुशादेशी माविका शिक्षक छविरमण गौतममाथि छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
गणित विषय पढाउँदै आइरहेका गौतमले विद्यालयका छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरुले कारवाही गर्न माग गरेका छन् ।
सोही विषयमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले गौतमलाई पक्राउ गरी तत्काल कारवाही अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छ् । अखिल (क्रान्तिकारी) काभ्रेका संयोजक प्रेमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक गौतमलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गर्न माग गरेका छन् ।
संयोजक प्रमेले शिक्षक गौतमले विद्यालयको कक्षा १० मा अध्ययनरत छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले घटनाको निन्दा र भत्सर्ना गरेका छन् ।
उनले दोषीलाई कारवाही गर्नुको विभिन्न बहानामा उन्मुक्ति दिन खोजिएको भन्दै कारवाहीको दायरामा नल्याए कडा सघर्ष घोषणा गर्ने चेतावनी समेत दिएका छन् । संघर्षबाट उत्पन्न हुने परिणामको जिम्मेवारी राज्य पक्ष हुने समेत उनले बताएका छन् ।
साथै विद्यालयमा छात्रालाई निर्भय र शान्त वातावरणमा अध्ययन गर्न पाउने अवस्था बनाउन समेत जिल्ला र नगर प्रशासनसँग आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार