आवाजविहिनहरुका लागि आवाज बुलन्द गर्दै माइतीघर मण्डला !
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १२:५५:१६
१८ साउन, काठमाडौं । संघीय राजधानी काठमाडौंको मुटुमा पर्छ माइतीघर मण्डला । प्रधानमन्त्रीदेखि तहबिहिन कर्मचारीसम्म बस्ने केन्द्रीय सचिवालय सिंहदरबार र सर्वोच्च अदालतदेखि नेपाली सेनाको मुख्यालयसम्म यसको नजिक छन् । देशभरीबाट केन्द्रीय राजधानीको मुख्यालय प्रवेश गर्न यही मार्ग भएर प्रवेश गरिन्छ । यसैले पनि सुरक्षाका दृष्टिले यो क्षेत्र निकै संवेदनशील पनि छ ।
यसरी सबैतिरबाट निकै संवेदनशील मानिएको यो माइतीघर क्षेत्र विगत केही वर्षदेखि सबै पक्षको आन्दोलन गर्ने केन्द्रविन्दु भएको छ । देशभरीबाट अन्यायमा परेकाहरु आफ्नो पीडा सुनाउन र देखाउन माइतीघर आइ पुग्न थालेका छन् । यसैले पनि माइतीघर मण्डला आवाजविहीनहरुको आवाज बुलन्द गर्ने थलोका रुपमा विकसित भएको छ ।
घर झगडादेखि राष्ट्रको सीमा मिचाएकोसम्म मुद्दामा राज्यको ध्यानाकर्षण गराउन सबै जनाले यसै माइतीघरलाई चुन्दै आएका छन् । माइतीघर यति व्यस्त बन्न थालेको छ यसले अब २४ सै घण्टा फुर्सद नपाउने भएको छ । माइतीघरमा अहिले भान्साघर, सुत्ने ओछयानदेखि अस्थायी शौचालयको निर्माण समेत गरिएको छ । पानी पर्दा ओत लाग्नको लागि पनि राम्रै व्यवस्था गरिएको छ । सहकारी पीडितहरु महिनौदेखि यही धर्ना कसेर बसेका छन् ।
संघीय शिक्षा ऐनको पक्षमा नाराबाजी गर्दै यहाँ हरेक दिन शिक्षकहरूको शिक्षा प्रेमीको नाराबाजी घन्कने गर्छ । यस्तै मिटरव्याज पीडितहरुले धर्ना कसेको त महिनौ बितिसक्यो । यति मात्र नभइ घर भित्रका मुद्दा लिएर माइतीघरमा धर्ना कस्नेहरु पनि कम छैनन् ।
अहिले यहाँ सामूहिक रुपमा चन्दा उठाएर सामूहिक मेस चलाइएको छ । मोबाइल चार्जको लागि पनि व्यवस्था मिलाइएको छ । सरकारले सिंहदरबार वरिपरिको ठूलो क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको छ । तर माइतीघरलाई भने त्यो निषेधले छुँदैन । त्यही भएर पनि माइतीघरमा आवाज हरेक दिन बुलन्द बनेर घन्कने गर्छ ।
विगत ११ महिनादेखि तलब नपाएका वनका कर्मचारीहरू पनि देशभरबाट आएर अहिले माइतीघरमा नै भेला भएका छन् । उनीहरूलाई तलबको मात्र चिन्ता छैन आफुहरुले दुःख गरेर हुर्काएको वन पनि मासिने हो कि भन्ने चिन्ता छ । कतिपय मुद्दामा सरकारका वरिष्ठ मन्त्रीहरू नै आएर आन्दोलनरत समूह र व्यक्तिसँग भेटेर समस्याको सम्बोधन गर्ने गरिएकाले पनि माइतीघरमा ‘चाम’ बढेको छ ।
सबैको मुद्दा नसुलिएला तर धेरैको मुद्दा यहाँ आइपुगेपछि सुनुवाइ पनि भएको छ । माइतीघर यसैले पनि दुःखमा परेका, पीडामा परेका र अन्यायमा परेकाहरूका लागि आवाज उठाउने भरपर्दाे थलोको रुपमा विकसित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
भृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार