तस्करीको सुन अनुसन्धानमा प्रधानमन्त्री र गृहमन्त्रीबीच विवाद, प्रचण्डको हप्कीपछि श्रेष्ठ मन्त्रालय नगई बाहिरिए
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार २२:४५:४८
१८ साउन, काठमाडौं । राजश्व अनुसन्धान विभागले करिब सय किलो तस्करीको सुन बरामद गरेपछि कसले अनुसन्धान गर्ने भन्ने बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच विवाद शूरु भएको छ । विमानस्थलबाट तस्करी भएको करिब सय किलो सुन तस्करीको अनुसन्धानमा प्रहरीलाई संलग्न नगराएको विषयमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच विवाद भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख वसन्त कुँवर, राजश्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगाना र सीआईबी प्रमुख किरण बज्राचार्यबीच बिहीबार भएको छलफलमा उनीहरूबीच लामो समयसम्म विवाद भएको थियो ।
बुधबार साँझ गृहमन्त्री श्रेष्ठले सुरक्षा अंगका प्रमुखसँग सो विषयमा छलफल गरेको र प्रधानमन्त्रीलाई दबाब दिन खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डले श्रेष्ठसँग असन्तुष्टि जनाएपछि आफू मातहतमा रहेका सुरक्षा अंगसँग भेटघाट गर्न नपाउने हो र भन्दै श्रेष्ठ झोक्किएका थिए । बुधबार साँझ गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई आईजीपी र नेपाल प्रहरीका तीन एआईजीसँग यो विषयमा छलफल गरेका थिए । त्यति बेला प्रहरीले प्रधानमन्त्रीको कार्यक्षेत्रमा आफूहरूले समानान्तर समिति बनाउन उपयुक्त नहुने तर प्रधानमन्त्रीलाई कन्भिन्स गर्नुपर्ने सुझाव दिएका थिए । त्यसपछि श्रेष्ठले बिहिबार साँझ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका थिए ।
राजश्व अनुसन्धान विभागले सुन तस्करीकाे अनुसन्धान गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीकाे सीआईबीलाई सहभागी गराउन अस्वीकार गरेपछि श्रेष्ठले प्रहरी बिना अनुसन्धान निचोडमा पुर्याउन कठिन हुने र सरकारको काम प्रभावकारी नदेखिने बताएका थिए । ‘गृहमन्त्री ज्यू ले राजश्वको काम निरन्तर दिनुपर्ने तर संगठित अपराध अनुसन्धानमा प्रहरीलाई सहभागी गराउनु पर्ने धारणा राख्नु भएको थियो प्रधानमन्त्री ज्यु ले मान्नु भएन, त्यही समितिले काम गर्ने भन्दै अडान राख्नु भयो’, छलफलमा सहभागी मध्ये एकले भने । बिहिबार साँझ प्रधानमन्त्रीलाई दबाब दिन दलबलसहित पुगेका गृहमन्त्री श्रेष्ठ प्रधानमन्त्री सँगको छलफलपछि आफ्नो मन्त्रालय नगई बाहिरिएका थिए ।
‘प्रहरी प्रमुख वसन्त कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यलाई लिएर प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान प्रहरीलाई दिनु पर्ने प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीकार गरे पछि गृहमन्त्रालय नगई बाहिरिएका छन्’, स्रोतले भन्यो ‘उहाँ अलि तनावमा देखिनु भयो ।’ विभागको टोलीले साउन ३ गते करिब सय किलो सुन बरामद गरेपछि अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने पक्षमा उभिएका थिए । तर गृहमन्त्रीको सो चाहनामा प्रधानमन्त्रीले वेवास्ता गरेका थिए ।
तस्करी भएको सय किलो सुन प्रकरणमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल मात्र भएको छैन, सदन स्थगित भएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानविन समितिको माग गरिरहेको छ । एमालेले उच्चस्तरीय छानविनको माग गर्दै सदन अवरोध गरिरहेको छ र एमालेले सदन अवरोध गरेपछि एक साताका लागि सदन स्थगित भएको छ । तर प्रधानमन्त्री दाहालले विभाग आफै शक्तिशाली भएकाले उच्चस्तरीय छानविन समितिको आवश्यकता नपर्ने बताउँदै आएका छन् ।
एमालेले बटम लाईन बनाएपछि प्रधानमन्त्रीले त्यसलाई झन ढाकछोप गर्न खोजेको स्रोतको दावी छ । माओवादी केन्द्रका नेताहरू नै सुन काण्डमा पक्राउ परेका व्यक्तिको सम्पर्क र सम्बन्धमा देखिएपछि उनीहरू पनि अनुसन्धानको दायरा ल्याउनु पर्ने भन्दै एमालेले उच्चस्तरीय छानविन समितिको माग गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार
ढुम्बा तालमा जमेको बरफ
पुष २१, २०८१ आइतबार
नेपाल आमाको मूर्ति निर्माणका लागि घरदैलो अभियान
पुष २१, २०८१ आइतबार
जलपन्छी अवलोकन गर्दै विद्यार्थी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार