नारायणी नदीमा शिक्षक बेपत्ता, खोजीमा गोताखोर झिकाइँदै
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १३:३३:२०
१९ साउन, काठमाडौं । नारायणी नदीमा बगेर एक शिक्षक बेपत्ता भएका छन् । देवघाटस्थित नारायणीमा अस्तु सेलाउन गएका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल आज बिहान बगेर बेपत्ता भएका हुन् ।
उनी सवारी दुर्घटनामा परी दृत्यु भएका मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट गएका थिए । रेमन्तको शव बिहीबार मात्र दाङको बबई घाटमा अन्त्येष्टि गरिएको थियो । लोकेन्द्र जाजरकोटस्थित चौरजहारीको एक विद्यालयमा पढाउने गर्थे ।
नदीमा बेपत्ता लोकेन्द्रको खोजी भइरहेको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ । नदी किनारमा उनको पर्स, मोवाइल, कपडा फेला परेका छन् । उनी नुहाउने क्रममा नदीले बगाएको अनुमान गरिएको छ । त्रिशूली र कालीगण्डकी मिसिने दोभानबाट उनलाई बगाएको पाइएको छ । खोजीका लागि गोताखोर झिकाउने कोशिस भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार