अवरुद्ध सालझण्डी–ढोरपाटन सडक सञ्चालन
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १५:४४:१६
१९ साउन, ढोरपाटन । अविरल वर्षाका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए ।
राष्ट्रिय प्राथमिकताको आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडक खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमानामा पर्ने दोगाडी पुलमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध बनेपछि ढोरपाटन, बोबाङ, फल्लेघरलगाएका ठाउँबाट बुर्तिबाङ, पोखरा काठमाडौँ, बुटवल जाने सवारी साधन अलपत्र परेका थिए ।
सडक सञ्चालनमा आएसँगै बाटोमा रोकिएका सबै सवारी साधन गन्तव्यतिर लागेका उपप्रमुख कायतले बताए । बिहीबार नै सडक खुलाउने प्रयास गरे पनि अविरल वर्षासँगै आएको ठूलो पहिराेका कारण खुलाउन नसकिएको उनको भनाइ थियो ।
आज बिहानैदेखि डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भन्दै दिउँसोदेखि नियमित सञ्चालन भइरहेको उपप्रमुख कायतले जानकारी दिए । “हिजो वर्षाले गर्दा खुलाउन सकिएन, पहिरो पनि निकै ठूलो खसेको थियो, आज पनि बिहानैदेखि डोजर लगाएर काम गर्यौँ, अहिले सडक खुलेको छ”, उनले भने, “अहिले बाटो खुलेर यातायताका साधन सञ्चालन भइरहेका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार