सन नेपाल लाइफको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट ?
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १६:१२:१४
२२ साउन, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरेको आईपीओ सोमबार बाँडफाँट भएको छ । यस आईपीओमा आवेदकहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५० कित्तासम्म सेयर पाएका छन् । १० देखि ४० कित्तासम्मको लागि आवेदन दिएका ९ हजार ७४ जना आवेदकले माग अनुसार नै सेयर पाएका छन् ।
त्यस्तै, ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिने १८ हजार ८२७ जना आवेदकले ४० कित्ताका दरले शेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको सेयर ५० देखि ३ हजार कित्तासम्मको लागि आवेदन दिएका आवेदकहरुमध्ये १ हजार ६२८ जनाले गोलाप्रथामार्फत थप १० कित्ता अर्थात् कुल ५० कित्ता सेयर पाएका छन् ।
यस आईपीओमा विदेशिक रोजगारीमा रहेका कुल २७ हजार ९०५ जनाले आवेदन दिएकामा ४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएको छ । सन नेपाल लाइफले साउन १ देखि साउन १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।
कम्पनीले १०० रुपैयाँ फेस भ्याल्यूमा १३९ रुपैयाँ प्रिमियम थपी प्रति कित्ता २३९ रुपैयाँको दरले सेयर बिक्री गरेको हो । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सन नेपालको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार