सबैभन्दा ठूलो व्यवसाय भएको ग्लोबल आइएमई बैंकले मर्जरबाट सिनर्जी ल्याउँदै, वित्तीय विवरण आकर्षक
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १६:४८:५४
२२ साउन, काठमाडौं । मर्जरको राजा अर्थात् मर्जर किङ्गको रुपमा चिनिएको ग्लोबल आइएमई बैंक मर्जर पश्चात् निकै कम साइड इफेक्ट देखिने बैंकमा पर्छ । अन्य केही बैंक तथा वित्तीय संस्था मर्ज हुँदा भाडभैलो हुने गरेको र त्यसको प्रत्यक्ष प्रभाव वित्तीय प्रतिवेदनमा देखिने गरेकोमा ग्लोबल आइएमई बैंकले धेरै वाणिज्य बैंकसँग मर्ज गर्दा पनि त्यो समस्या देखिएको छैन ।
कर्मज्र एण्ड ट्रस्ट, जनता बैंक जस्ता वाणिज्य बैंकसँग मर्जर प्रक्रिया पुरा गरेको यस बैंकले पछिल्लो समय बैंक अफ काठमाण्डूसँग पनि मर्जर प्रक्रिया सम्पन्न गरेको छ । हालको ग्लोबल आईएमई बैंकमा थुप्रै विकास बैंक र फाइनान्स कम्पनी गाभिएका छन् । २१ वटा विभिन्न वित्तीय संस्थाको मर्जर तथा एक्विजिसनबाट बनेको ग्लोबल आइएमई बैंक मर्जर नीतिको लागि एउटा सफल उदाहरण बनेको छ ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा आकर्षक मुनाफा निकाल्न सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको मुनाफा ४६ दशमलव २६ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब २५ करोड पुगेको छ । वाणिज्य बैंकमध्ये सर्वाधिक मुनाफा गर्ने दोश्रो वाणिज्य बैंक बन्न ग्लोबल आइएमई बैंक सफल भएको छ । सर्वाधिक मुनाफा गरेको नबिल बैंकको मुनाफा ७ अर्ब ५२ करोड छ । दुई बैंकको मुनाफाको अन्तर कमै छ ।
ग्राहकबाट संकलन गरेको निक्षेप र ग्राहकलाई प्रवाह गरेको कर्जाको आधारमा हेर्दा सबैभन्दा ठूलो पोर्टफोलियो भएको वाणिज्य बैंकको रुपमा ग्लोबल आईएमई बैंक रहेको छ । आधारभूत रुपमा पनि कम्पनी बलियो बन्दै गएको देखिएको छ । जगेडा कोषमा ८६ दशमलव ४१ प्रतिशतको वृद्धि देखिएको छ ।
यस बैंकको संचालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन् । ढकालले आईएमई ग्रुप अफ कम्पनीजको नेतृत्व गर्दै आएका छन् । ढकालले सन् २००१ मा इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) को स्थापना गरेका थिए । ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष पनि छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा क्याबिनेट श्रेष्ठ, राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र देवेन्द्र प्रताप शाह रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ रत्नराज बज्राचार्यदेखि वरिष्ठ डेपुटी सीईओमा श्रवण मास्के, डेपुटी सीईओमा सुरेन्द्रराज रेग्मी र सहायक सीईओमा बिमल डाँगा, चन्द्रराज शर्मा, कल्याणविक्रम पाँडे रहेका छन् । पुराना सीईओ बज्राचार्य वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।
बज्राचार्यले नेपाल राष्ट्र बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । उनी विश्व बैंकको आर्थिक क्षेत्र सुधार परियोजना अन्तर्गत देशको सबैभन्दा पुरानो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको सुधारको लागि व्यवस्थापन सम्झौता गर्ने विदेशी व्यवस्थापन टोलीका वरिष्ठ सदस्य थिए । यस अघि बज्राचार्यले सनराइज बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् ।
कस्तो आयो आर्थिक वर्ष ०७९÷८० को चौथो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् १२ महिनाको अवधिमा बैंकले ७ अर्ब २५ करोड बराबर खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब ९५ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ४६ दशमलव २६ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १० अर्ब २८ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १७ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ६६ दशमलव ३७ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ४४ दशमलव २६ प्रतिशतले वृद्धि हुँदै १० अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले ७ अर्ब १८ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ७७ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी २० रुपैयाँ ८४ पैसा थियो । यसपटक प्रतिशेयर आम्दानी केही घटेको छ ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा वितरणयोग्य मुनाफा ३ अर्ब २३ करोड थियो । यसरी समिक्षा अवधिमा वितरणयोग्य मुनाफा ८ दशमलव ७१ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ८ रुपैयाँ २७ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा १३ रुपैयाँ ६१ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ खर्ब २६ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८/७९ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ५३ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ३८ दशमलव ०९ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष ८६ दशमलव ४१ प्रतिशतले बढ्दै १९ अर्ब ९५ करोड पुगेको छ भने संचित मुनाफा ८ दशमलव ७१ प्रतिशतले घटेर २ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १६४ रुपैयाँ ०५ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा ३ दशमलव ०८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा १ दशमलव २८ प्रतिशत थियो । यसरी खराब कर्जामा भने व्यापक बृद्धि हुन पुगेको छ ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही बढ्दै १० दशमलव २० प्रतिशत पुगेको छ । स्प्रेडदर ४ दशमलव ९६ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव २६ प्रतिशत थियो । यसले बैंकबाट ऋण लिनेलाई महंगो ब्याज पर्न जान्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार