सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपीहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १८:२६:४९
२२ साउन, काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु आरोपीहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई अनुसन्धानमा म्याद थपकाल लागि सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका र एक जनालाई स्वास्थ्यका कारण अदालतको आदेशमा हाजिर जमानीमा आफन्तको जिम्मा तारेखमा राखिएको छ ।
संगठित अपराध कसुरमा अनुसन्धानका लागि म्याद थप भएको हो । भन्सार विभाग र राजश्व अनुसन्धान विभागले छानबिन गरिरहेको बेला अन्तरदेशीय संगठित अपराध तहका प्रकरण भएकाले प्रकरणका जरासम्म पुग्दा भन्दै विभागले थप अनुसन्धान गर्न आइतबार मात्र सीआईबीलाई लगाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार