रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भाउमा आईपीओ खुला
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १०:५१:३४
२३ साउन, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मंगलबारबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ खुला भएको छ । यस इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रूपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रूपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।
यसले प्रति कित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रूपैयाँ दरमा १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा ल्याएको हो । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ। त्यस्तै, ५ प्रतिशत (६ लाख कित्ता शेयर) कर्मचारी र ५% (६ लाख कित्ता) शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० असार ४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार