नयाँ बर्षको सुरुवात संगै ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमको शुभारम्भ
इन्द्र रिजाल
बैशाख १, २०७६ आइतबार २०:१:२२
काठमाडौं । नयाँ बर्षको सुरुवात संगै ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमको शुभारम्भ भएको छ । जेष्ठ नागरिक स्वास्थ्य बिमा तथा खोलौं बैंक खाता कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शुभारम्भ गरेका हुन् ।
चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएको यो कार्यक्रम नयाँ वर्षको अवसर पारेर शुभारम्भ गरिएको हो । सबै नेपालीको बैंक खाता कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले आफ्नो बुबाको खाता खोलेर कार्यक्रमको उदघाटन गरेका हुन् ।
कार्यक्रम अनुसार नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिइसकेको छ ।
यो वर्षभरी खुल्ने फ्राकृतिक व्यक्ति ९व्यत्तिगत० खातामा बैंक तथा वित्तीय संस्थाले सय रुपैयाँ जम्मा गरिदिने छन् । उक्त रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० मा गणना गर्न पाउनेछन् । संस्थागत खातामा भने यो व्यवस्था लागू हुने छैन । बचत खाताको ब्याजदर भने बैंकअनुसार फरकफरक हुनेछ ।
पछिल्ला केही वर्षयता सरकारले वित्तीय पहुँच विस्तारका लागि सबै नेफालीको बैंक खाता कार्यक्रम घोषणा गर्दै आएको छ । कार्यत्रम घोषणा भए पनि अपेक्षित रूपमा वित्तीय पहुँच विस्तार भएको देखिँदैन ।
यही कारण सरकारले आउँदो वैशाखदेखि ऊक्त कार्यत्रमलाई व्यापक बनाउन लागेको छ । कार्यक्रमलाई सफल प्रभावकारी बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहकार्य गरेका छन् ।
राष्ट्र बैंककाअनुसार गत फागुनसम्म २ करोड ५६ लाख ५८ हजार निक्षेप खाता खुलेका छन् । गत वर्षको सोही अवधिको तुलनामा यो ४१ लख ५९ हजार बढी हो । ०७४ फागुनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप खाता संख्या २ करोड १४ लाख ९८ हजार थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार
आगलागी र डढेलो लाग्न सक्छ, निभाउनका लागि पूर्वतयारीमा रहनु
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार