संखुवासभा कारागारका २ कैदीबन्दीको मृत्यु प्रहरीको यातनाबाट भएको आशंका
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १८:३९:१५
२४ साउन, काठमाडौं । गएराति संखुवासभा कारागार खाँदबारीमा मृत्यु भएका दुई कैदीबन्दीको मृत्यु प्रहरीको यातनाका कारण भएको आशंका गरिएको छ । रातको समयमा कारागारभित्रको शौचालय फोडेर भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएर कारागार राखिएका भनिएका कैदीबन्दी विनोद तोलाङगी र आकाश बलामीको मृत्यु भएको थियो ।
कारागार प्रशासनले भने बुधबार बिहान कारागारभित्र ‘अचेत’ अवस्थामा भेटिएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाउँदै आएको छ । तर स्थानीयका अनुसार राति साढे १ बजेतिर ४ जना प्रहरीले दुई जनालाई नांगो पारेर खुट्टामा हान भन्दै लाठीले पिटिरहेको र कुटाइ खाने चाहिं मरेँ, ऐय्या, बचाउ भन्दै चिच्याइरहेका थिए । कारागार बस्तीबाट तल्लो भागमा रहेकाले चिच्याहट टाढासम्म सजिलै सुनिएको थियो । प्रहरीको कुटाइबाट नै उनीहरुको मृत्यु भएको स्थानीयको दाबी छ ।
तर प्रहरीले भने मृत्यु कैदीबन्दीबीचको झगडाबाट भएको भन्न दबाब दिएको भन्दै कैदीबन्दीहरुले बुधबार दिउँसो कारागारभित्रबाट कैदीबन्दीहरुले प्रहरीमाथि ढुंगामुडा गरेको स्थानीयले बताएका छन् ।
कैदीबन्दीहरुले प्रहरी र कारागार प्रशासनविरुद्ध नाराबाजी समेत गरेका थिए । त्यसबाट कारागार नै केही समय अशान्त बनेको थियो । प्रहरीले ९ जना कैदीलाई अनुसन्धानका लागि भन्दै हिरासतमा लिएको छ ।
घटनाको अनुसन्धान गर्न सहायक प्रजिअ मोहनमणि घिमिरेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका नायब शुब्बा तारणी घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरेको छ ।
कैदीबन्दीद्वय बलात्कार मुद्दामा संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र चोरी मुद्दामा नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । दुवै जनाको शव आफन्त बुझ्न मानेका छैनन् । शव जिल्ला अस्पतालमा राखिएको छ ।
यता काठमाडौं प्रहरी परिसरका प्रहरीले हिरासतमा राखिएका थुनुवालाई चरम यातना दिएको भन्दै तामाङ, मगर र शेर्पा समुदाय आन्दोलित छन् । उनीहरुले यातना दिन निर्देशन दिने परिसर प्रमुख एसएसपी दानबहादुर कार्की र यातना दिन संलग्न प्रहरीलाई कारवाही माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार