बढ्दो गर्मीले वीरगञ्जमा खानेपानीको समस्या
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १४:११:२७
२५ साउन, वीरगञ्ज । वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा जडान गराएका यहाँ स्थित खानेपानी संस्थानले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा वैशाखमा ४१, जेठमा एक सय ५७, असारमा दुई सय दुई र साउनको २४ गतेसम्म एक हजार ग्राहकको घरमा धारा जडान गरिएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख इन्जिनियर निरन महर्जनले जानकारी दिए । उनका अनुसार महानगरले खानेपानीको महसुल तिर्ने गरी विभिन्न वडामा एक सय ५० सामुदायिक धारा जडान गरिएको छ ।
लामो समयदेखि वर्षा नहुँदा वीरगञ्जका विभिन्न स्थानमा गत वैशाखदेखि खानेपानीको समस्या क्रमशः बढ्दै गएपछि धारा जडान गराउनेको सङ्ख्या पनि बढ्दै गएको प्रमुख महर्जनले बताए । उनका अनुसार अहिले दैनिक ५०-६० जना धारा जडानका लागि निवेदन लिएर कार्यालय आउने गरेका छन् । चापाकल, कुवालगायतका खानेपानीका मुहान सक्न थालेपछि धारा जडान गराउने क्रम बढे्को उनको भनाइ थियो ।
प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०(१२ घण्टासम्म पानी पठाइरहेको छ । “पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानीको धारा लिन स्थानीयले खासै रुचि देखाएनन्”, उनले भने, “अहिले चापाकल, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढे्को छ ।”
आठ हजार एक सय ग्राहकले नियमित खानेपानी उपभोग गर्दै आएका संस्थानले जनाएको छ । दैनिक ६०-६५ लाख लिटर खानेपानी उत्पादन गरी महानगरभित्र वितरण गर्दै आइएको बताउँदै महर्जनले संस्थानसँग बीस हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको जानकारी दिए ।
महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी विभिन्न वडामा एक सय ५० सामुदायिक धारा जडान गरिएको उनको भनाइ थियो । हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनाअनुरुप विस्तारै धारा थप गर्दै लगिने उनले बताए ।
“हरेक वडामा सार्वजनिक धारा जडानका लागि खानेपानी संस्थान र महानगरबीच सम्झौता भएको छ”, प्रमुख महर्जनले भने, “सम्झौता अनुसार वडा-वडामा धारा जडान गर्दा लाग्ने खर्च तथा महसुल भुक्तानी महानगरले गर्नेछ ।” उनका अनुसार विभिन्न स्थानमा उपभोक्ता समिति गठनको प्रक्रिया अगाडि बढिसकेको छ ।
चार महिनादेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई महानगरले टोलटोलमा अस्थायी ट्र्याङ्कीमार्फत खानेपानी वितरण गरिरहेको महानगरका प्रमुख राजेशमान सिंहले बताए । उनका अनुसार ट्र्याङ्की पुर्याउन नसकिएका स्थानमा ट्र्याङ्करबाट पानी वितरण गरिएको छ ।
ट्र्याङ्करबाट अहिलेसम्म १९ वडामा दैनिक पानी उपलब्ध गराइरहेको बताउँदै नगरप्रमुख सिंहले सात वडामा भने अस्थायी ट्र्याङ्की राखिएको जानकारी दिए । उनका अनुसार खानेपानी संस्थानको पाइपलाइन विस्तार भएका सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ ।
खानेपानीको पाइपलाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा धारा राख्ने काम भइरहेको महानगर प्रमुख सिंहको भनाइ थियो । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ । तत्काल प्राकृतिक रूपमा जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले ट्र्याङ्कीमार्फत अस्थायी रूपमा खानेपानी वितरण गरिरहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचुरेमा कार्यकर्ता नपाल, समितिलाई स्वतन्त्र बनाउ र उत्खनन बन्द गर
जेठ १०, २०८१ बिहिबार
दाङका दर्जन बढी बस्तीमा खानेपानीको हाहाकार
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
जेठ १०, २०८१ बिहिबार
गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
जेठ १०, २०८१ बिहिबार
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ
जेठ १०, २०८१ बिहिबार
ताइवानलाई घेरा हाल्दै चीनले गर्यो अहिलेसम्मकै ठूलो युद्ध अभ्यास
जेठ १०, २०८१ बिहिबार
एकीकृत समाजवादीले संसदको गतिरोध अन्त्य गर्न पहल गर्ने
जेठ १०, २०८१ बिहिबार
सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता
जेठ १०, २०८१ बिहिबार