कामका आधारमा मुल्यांकन हुने गरी प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, कार्यादेश पुरा गर्न निर्देशन
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १५:४६:२१
२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र मन्त्रिपरिषदका सदस्यबीच कार्यसम्पादन सम्झौता भएको छ । मासिक रुपमा मन्त्रालयगत कार्य प्रगतिको विवरण लिन प्रधानमन्त्रीले २१ मन्त्रीहरूसँग यो सम्झौता गरेका हुन् । अब सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरूको कामको मासिक रिपोर्ट कार्ड बनाएर मुल्यांकन गर्नेछ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हस्ताक्षर गरेका हुन् । संझौताअनुसार संघीय सरकारका मन्त्रीले आफूले नेतृत्व गरेको मन्त्रालयले गर्ने कामको प्रगति मासिक रुपमा अनलाइन प्रणालीमार्फत प्रधानमन्त्रीलाई पठाउनुपर्नेछ र यसैका आधारमा मन्त्रीहरूको मुल्यांकन हुनेछ ।
कार्यसम्पादन सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री प्रचण्डले तोकिएको कार्यादेश र कार्य विवरणअनुसार प्रभावकारी काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । कार्यसम्पादनको नतिजा नै मन्त्रीहरूको चुनौतीपूर्ण र महत्वपूर्ण जिम्मेवारी दिने, जिम्मेवारीको निरन्तरता दिने, पुरस्कृत वा कारबाही गर्ने आधार हुने कुरा स्पष्ट हुने प्रधानमन्त्रीले बताएका छन् ।
सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०÷०८१ को लक्ष्य निर्धारण गरिएको छ । सम्झौतापत्रमा गर्नुपर्ने प्रमुख कामहरू उल्लेख छ, जसमा कार्यक्रम र क्रियाकलापको सूची र सो जिम्मेवारी पूरा गर्नुपर्ने समय सीमा उल्लेख छ ।
सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने उल्लेख छ । कार्यसम्पादन सम्झौताको अवधि १ वर्ष तोकिएको छ । सम्झौता अवधि भरमा मन्त्रीको पद रिक्त भएमा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौता बमोजिमको बाँकी काम गर्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार