शेयरबजार झिनो अंकले वृद्धि, २ अर्बभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
साउन २५, २०८० बिहिबार १६:५:३४
२५ साउन, काठमाडौं । शेयरबजार सूचक नेप्सेले बुधबार २ हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेर फर्किएपछि बिहीबार पनि सामान्य हिसाबले सकारात्मक बनेको छ । यस दिन नेप्से सूचक ५.१३ विन्दुले बढेर २०६६.०५ अंकमा आएको छ । २ अर्ब १५ करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । होटेल तथा पर्यटन समूह सबैभन्दा बढीले वृद्धि भएको छ ।
यसअघि २२ सय भन्दा माथि पुगेको बजार घटेर बुधबार इन्ट्रा डे कारोबारमा बुधबार करिब २ हजार विन्दुसम्म ओर्लिएको थियो । त्यसपछि भने बजारले सकारात्मक गति समाएको थियो । बिहीबार पनि बजार बढेकाले सोही विन्दुलाई नै सपोर्ट बनाएर बजार फर्किएको धेरैले अनुमान लगाएका छन् ।
यस दिन २६९ कम्पनीको ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै १७ करोड रूपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपर तामाकोशी र शिवम् सिमेन्ट्स रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार