चिरख्वा हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार ११:३६:२६
२८ साउन, काठमाडौं । चिरख्वा हाइड्रोपावरले आज साउन २८ गते आइतबारदेखि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रूपैयाँको १०५ अर्थात् ४ करोड रुपैयाँ बराबरको शेयर बिक्री खुला गरेको हो । यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता शेयर स्थानीयलाई जारी गरेको छ ।
कम्पनीले यो शेयर आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्काशन गरेको हो । यता, कम्पनको सर्वसाधारणमा निष्काशन हुने शेयरमध्ये १०५ अर्थात् ८० हजार कित्ता शेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम् १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम् १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यस कम्पनीको आईपीओमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन पाउनेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार