देशमा के हुँदैछ र किन फरक ढंगका गतिविधि भइरहेका छन भन्ने कुरा कांग्रेसले बुझ्न ढिला भइसक्योः कोइराला
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १५:३९:१६
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा असहज परिस्थिति उत्पन्न हुन लागको बताएका छन् । उनले देशमा एकपछि अर्को गर्दै भइरहेका फक ढंगका गतिविधिहरूले राम्रो सन्देश नभएको बताउँदै यसबारे नेपाली कांग्रेसले सोच्न ढिला भइरहेको बताएका छन् । कांग्रेस अग्रसर भएर यस्ता गतिविधिलाई नरोक्ने हो नेपाल अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्ने उनको भनाइ छ ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा वरिष्ठ नेता कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गर्दै सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए । उनले एमालेले किन उच्चस्तरीय छानविन समिति गठनको माग गरिरहेको छ, हामी यसमा के सोचिरहेका छौ, अब समय घर्किने बेला भइसक्यो, त्यसैले कांग्रेस जागेर नयाँ निर्णयमा पुग्न जरुरी भइसकेको बताए ।
कांग्रेसको बलमा प्रधानमन्त्री रहिरहेका पुष्पकमल दाहाल प्रचण्डका भनाइ र गराइमा धेरै अन्तर आएको कांग्रेसले बुझ्न जरुरी रहेको कोइरालाको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले पहिले राजश्व अनुसन्धान नै सक्षम छ भन्नु भयो, फेरी सीआईबीलाई दिनुभयो, समिति बनाउन मानिरहनु भएको छैन, उहाँ के चाहि रहनु भएको छ, हामी के बुझिरहेका छौ भन्दै उनले कांग्रेस सचेत नभए देश दुर्घटनामा जाने बताए । नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।
भारतको उदाहरण दिँदै कोइरालाले भने, ‘१४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्याङ्क छ । ४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न अब जरुरी छैन । प्रचण्डले सचिवालयमा काम गरेका व्यक्तिलाई नै राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको छ । त्यसपछिका घटनाहरू अप्रत्यासित देखिँदै आइरहेका छन् ।
उनले कांग्रेसको सहयोगमा प्रधानमन्त्री भएको व्यक्तिले प्रतिशोधको भावना राखेर कांग्रेसका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको कुरालाई कांग्रेस बुझ्न नसकिरहेको बताए । नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले भन्दै नेतृत्वलाई प्रश्न गर्दै नेपाललाई तस्करको अखडाबाट बन्द गर्न यो जरुरी रहेको बताए ।
कोइरालाले ल्यारक्याल लामाहरूको नियुक्तिले पार्टीको छवि कमजोर भइरहेको छ भन्ने मन्त्रीहरूले बुझ्नुपर्ने बताए । आदिवासी जनजाति दिवसमा प्रधानमन्त्री प्रचण्डले ‘माओवादीलाई भोट दिनुस्, जातीय राज्य दिन्छौं’ भनेको भन्दै उनले यसमा पार्टीले खेद प्रकट गर्नुपर्ने बताए । उनले यही अवस्थामा कांग्रेस रहन्छ कि नयाँ ढंगबाट अगाडि जान्छ भन्ने मुल्यांकन जनताले गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार