उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीन जाँदै
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार १२:२५:३६
२९ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज जनवादी गणतन्त्र चीनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् । सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन 'कुनमिङ' आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीन प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुँदैछ । उपराष्ट्रपति यादव आज अपराह्न १६ः२५ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्नेछन् ।
भ्रमण दलमा उपराष्ट्रपतिका धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक सिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी हुनेछन् । उपराष्ट्रपति आगामी भदौ ४ गते स्वदेश फर्किने उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार