नेकपाको सीसी बैठकमा उत्पादन र युवा शक्तिको चर्चा
नेपालबहस संवाददाता
साउन ३०, २०८० मंगलबार १४:४७:२०
३० साउन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समितिको चौथो पूर्ण बैठक (सीसी) पार्टी मुख्यालय कपिलवस्तुको शिवगढीमा जारी छ । सोमबार सुरु भएको बैठक भोलिसम्म चल्ने बताइएको छ ।
बैठकमा महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्य (सीसीएम)हरुले धारणा राख्ने क्रम चलिरहेको कार्यालयले जनाएको छ । बैठकमा स्थायी समिति सदस्य समेत रहेकी उमा भुजेल ‘शिलु’ले पार्टीले थालेको उत्पादन अभियानले मुलुकमा कायम रहेका जातीय र श्रम विभेदमा धक्का र नयाँ सँस्कारको सुरवात भएको धारणा राखेकी छन् ।
नेकपाले नेता कार्यकर्ता आफ्नै उत्पादनमा बाँच्ने नीति लिएयता यो वर्ष असारमा मात्र १०० बिगाहमा धान रोपाइँ गरेको छ । साथै श्रम अभियानले समाजमा नयाँ सभ्यताको विकास गर्नुका सँगै नेता कार्यकर्तामा नयाँ सत्साह र आत्मबल पैदा भएको बताइन् ।
यस्तै अर्का सदस्य कर्णजित बुढा ‘सुशिल’ले युवा पंक्ति राजनीतिक परिवर्तन र समाजवादमा पुग्ने मुख्य शक्ति भएको धारणा राखेका छन् । उनले युवालाई आधार बनाएर पार्टीको आगानी नीति तय हुनुपर्नेमा जोड दिए ।
नेता भरत बमले भारतसँगको खुला सीमा नियमन गर्नेबारे पार्टीले ठोस नीति लिनुपर्ने धारणा राखेका छन् । सीमा क्षेत्रमा हेल्थ डेक्स स्थापनाका लागि पार्टीले पहल लिनुपर्ने मत उनको थियो । केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि महासचिव विप्लवले जवाफी धारणा राख्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार